विश्वव्यापी समृद्धिको लागि भारत अमेरिका बीच महत्वपूर्ण साझेदारी हुनुपर्ने भारतीय प्रधानमन्त्री मोदी

0
31

काठमाण्डौं ।

भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति इन्जिनको रूपमा काम गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा पनि जोड दिएका छन् ।

“विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ । एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ । त्यसैले मलाई विश्वास छ – भारत–अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भने ।

यसअघि बुधबार वाशिङ्टन डिसी पुग्नेका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here