हराएका २१ वटा सवारी फेला पार्दै सवारी धनीलाई बुझाइयो

0
18

झापा, विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले सवारी धनीलाई बुझाएको छ ।
सवारी हराएको उजुरी परेसंगै ट्राफिक प्रहरीले हराएका सवारी खोजी गर्दै सवारी धनीलाई बुझाएको हो ।


रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आइतवार एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर सम्वन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।
चालू आर्थिक वर्षमा ६९ ओटा सवारी साधन यस अघिनै सवारी धनीलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताए ।
यस आर्थिक वर्षमै २ ओटा चोरीका मोटरसाइकल सहित ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको बताइएको छ ।
सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here