छुरा प्रहारबाट मृत्यु

0
28

झापा , झापाको दमकमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको चुलाचुली ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
आज विहान ४ वजेको समयमा दमक नगरपालिका १ स्थित कुमाल चौकमा भएको ग्याङ फाइटमा दमक ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूको घाँटी र पाखुरामा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि दमक अस्पताल पु¥याउना साथ मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । घटनामा सम्लग्न ब्यक्ति छुरा लिएर फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here