हजारौँ चिनियाँ ‘फेक अकाउन्ट’हटाउँदै मेटा

0
6

एजेन्सी।

मेटाले चीनमा आधारित हजारौँ ‘फेक’ र भ्रामक सूचना फैलाउने अकाउन्टको नेटवर्क हटाएको जनाएको छ ।

ती प्रयोगकर्ताले अमेरिकी नागरिकका रूपमा अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे ध्रुवीकरण गराउन खोजेको मेटाको आरोप छ ।

ती सञ्जालले गर्भपतनसम्बन्धी कानुन, सांस्कृतिक युद्धका मुद्दा र युक्रेन सहायताबारे लेख्ने गरेको बताइएको छ । मेटाले यो विषयमा चिनियाँ अधिकारीलाई नजोडे पनि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचनअघि यस्ता नेटवर्क बढेको बताइएको छ ।

मेटाले बिहीबार सार्वजनिक गरेको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको त्रैमासिक खतरा रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

चीन आधारित यस्ता सञ्जालमा चार हजार ७०० भन्दा बढी अकाउन्ट रहेका र विश्वभरका अरू प्रयोगकर्ताको नाम र तस्बिर ती अकाउन्टमा प्रयोग गरिएको मेटाले जनाएको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here