झापामा डीआईजीका घुमुवा शिद्धार्थको दवदवा, डीएसपी कटुवालको संयोजकत्वमा बन्यो छानविन समिति

0
16

झापा ।

सशस्त्र प्रहरी वल नेपाल कोशी ( बराह बाहिनी)का प्रहरी नायव महानिरीक्षक (डीआइजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने मानक स्थापना गर्ने बताएका थिए ।

गतमंसीर १८ गते झापाको मेचीनगर–७स्थित सतीघट्टाबाट नेपाल–भारत सीमा नाका छुट्याउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्यको शुभारम्भ गर्दै डीआइजी पोखरेलले सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रुपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक -शिद्धार्थ- सिकेन्द्र कुँवरले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको हो । डीआइजी पोखरेल आफैंले खटाएका प्रहरी कुँवरले झापामा अवैध असुलीका लागि सेटिङ मिलाउने काम गरेसंगै डीआईजीको बोली र व्यवहारमा फरक देखिएको हो ।

डीआईजी पोखरेलले विश्वास पात्रका रुपमा खटाएका सिकेन्द्रले असुली धन्दा चलाउने गरेसँगै सशस्त्र प्रहरी बल नेपाल कोशी (बराह बाहिनी)का प्रहरी नायव महानिरीक्षक ( डीआइजी)को बोली एउटा र व्यवहार अर्काे देखिएको हो । डीआईजीबाट परिचालित घुमुवा सिकेन्द्र आफैंले तस्करीमा संलग्न साना कारावारीका सबै कारोवार ठप्प पार्दै ठूला कारोवारीसंग मात्र साँठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रवन्ध मिलाउन सहयोग पु¥याउने गरेको स्रोतको दावी छ । उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाई समेत दुःख दिने गरेको प्रहरी स्रोतकै दावी छ ।

जिल्लाको घुमुवा भएर काम गरीसकेका उनले भद्रपुर र काँकरभिट्टासहितका नाकाबाट भित्रिने र वाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । सो वापत उनले मोटो रकम असुल्ने गरेको श्रोतको दावी छ । पूर्वी नाका काँकरभिट्टामा कार्यरत रहँदा एचएमसी होटलसंग साँठगाँठ गर्दै भारु पैसा ओसारपसारमा समेत उनी संलग्न भएका थिए । योसंगै उनले तस्करीमा समेत सहयोग पु¥याउँदै आएका थिए । काँकरभिट्टा हुँदा उनको ठूला तस्कर समूहसँग राम्रो सम्बन्ध थियो । डीआईजी पोखरेलको विश्वास पात्र बनेका सिकेन्द्रको सरुवा सिन्धुपाल्चोक भए पनि उनी शक्तिको प्रयोग गर्दै झापामा बसेका छन् ।

झापामा दवदवा जमाएर बसेका उनीसंग सशस्त्र प्रहरीका अधिकृतहरु नै हच्किने गरेका छन् । भद्रपुरबाट केही समय अघि उनलाई मन नपरेका अर्थात् नजराना नबुझाउने व्यापारीको सामान बरामद गर्दै उनै सिकेन्द्रले राजश्व कार्यालय पठाएका थिए । तर, उनलाई नजराना बुझाउने व्यापारीको भने उनले संरक्षण गर्दै आएको सशस्त्र प्रहरीहरुकै भनाइ छ । झापामा सिकेन्द्रकै कारण सशस्त्र प्रहरी दुई गुटमा विभाजित छ– एक सशस्त्र प्रहरीले भने– सिकेन्द्रकै डरले गणले घुमुवा समेत खटाउन सकेको छैन ।

यता सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको विषय सार्वजनिक भएसँगै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कटुवालको संयोजकत्वमा छानविन समिति गठन भएको छ । सशस्त्र प्रहरी नम्वर २ गण झापाले छानविन समिति गठन गरेको गणका सशस्त्र प्रहरी नायव उपरीक्षक वालकृष्ण श्रेष्ठले जानकारी दिए । गठित समितिले काम शुरु गरेको बताइएको छ । सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेसँगै सशस्त्र प्रहरी विवादमा परेको हो ।

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्याक्टर र अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो । सोही घटनाका विषयलाई लिएर छानविन समिति बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here