‘द भ्वाइस अफ नेपाल’ टप १२ मा झापाका प्रशान्त

0
11

भद्रपुर ।

झापा भद्रपुरका २४ वर्षीय प्रशान्त शिवाकोटी गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५को टप– १२ पुग्न सफल भएका छन् ।

गतअसोज ५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको द भ्वाइस अफ नेपाल सिजन ५ मा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर–६ निवासी २४ वर्षीय प्रशान्त उत्कृष्ट १२मा छनौट भएसँगै भोट गर्न अपिल गरेका छन् ।

प्रशान्तका बुबा कमलप्रसाद शिवाकोटीले प्रेस क्लब भद्रपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै छोरालाई जिताउन देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष भोटका लागि अपिल गरेका हुन् । ‘जेठो छोरा टप १२ मा पुग्न सफल भएको बताउँदै उनले भने– गायन क्षमतासँगै अब भोटिङ राउण्ड शनिवार रातिदेखि खुलिसकेको छ, फाइनल राउण्डसम्म छोरालाई भोट गरिदिनुहुन अनुरोध गर्दछु ।

हाल ललित कला क्याम्पस काठमाडौँमा स्नातक तहमा अध्ययनरत् प्रशान्त बाल्यकालदेखि नै गीतसङ्गीतमा रुची राख्दथे । कक्षा–४देखि निरन्तर गायनमा संलग्न रहँदै आएका उनी झापाका विभिन्न स्थानमा हुने गरेका महोत्सव तथा साङ्गीतिक कार्यक्रममा स्टेज प्रोग्राममा आफ्नो गायन प्रस्तुति दिँदै आइरहेका छन् । कक्षा–९मा अध्ययनरत् रहेका बेला इटहरीमा आयोजित पूर्वाञ्चल स्कूल आइडलमा भाग लिएर उनी दोस्रो स्थान हासिल गर्न सफल समेत भइसकेका छन् ।

त्यसले प्रशान्तलाई गायन क्षेत्रमा थप ऊर्जा मिलेको बुबा कमलप्रसाद बताउँछन् । गायन क्षेत्रलाई निरन्तरता दिने सोचका साथ रियालिटी सोहरूमा पनि भाग लिन थालेका प्रशान्तले नेपाल आइडल सिजन–२, भ्वाइस अफ नेपाल सिजन–३, मेरो भ्वाइस युनिभर्सलमा समेत भाग लिइसकेका छन् । भ्वाइस अफ नेपाल सिजन–५मा झापाबाट प्रतिनिधित्व गर्ने प्रशान्त एक्ला प्रतिस्पर्धी हुन् । त्यसैले झापावासीसँगै सम्पूर्ण नेपालीको माया र सद्भाव छोरालाई चाहिने उनका बुबा कमलप्रसादको भनाइ छ ।

कसरी गर्ने भोटिङ ?

प्रशान्तलाई खल्ती एप र हिमालयन बैङ्कको खाता नम्बर २९७५१९७१०४४००११मार्फत भोट गर्न सकिन्छ ।

खल्ती एपमा गएर भोटिङ आइकन सर्च गरी द भ्वाइस अफ नेपालको सिजन ५मा गएर गायक प्रमोद खरेलको टिममा गएर प्रशान्त शिवाकोटीमा भोट गर्न सकिन्छ । प्रमोदको टिममा तीन जना रहेका छन् । जसमध्ये प्रशान्तलाई भोट गर्न सकिन्छ । जसमा एकपटकमा एक हजार भोटसम्म गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here