जुनकिरीका विद्यार्थीलाई विभिन्न सामग्री प्रदान

0
7

बुट्टाबारी ।

माहेश्वरी महिला मञ्च मेचीले विद्यार्थीलाई न्यानो कपडा, स्टिल भाडावर्तन एवम् खाद्यान्न हस्तान्तरण गरेको छ ।

जुनकिरी सार्वजनिक आधारभूत विद्यालय एवम् मनमाया आमा बालगृह अर्जुनधारा–११ का ९० जना विद्यार्थीलाई न्यानो टोपी, मोजा, घरायसी कपडा, नर्सरी कक्षा बालबालिकालाई खेल सामग्री र खाजा खाने बटुका गिलास, खाद्यान्न बितरण गर्ने स्टिल भाडा प्रदान गरेको छ त्यसैगरी बालगृह आवासमा रहेका २५ जना बालबालिकालाई स्टिल थाल प्रदान गरिएको मञ्चकी सचिव सुधा तोसनिवालले बताइन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बालबालिकालाई भगवान रामको अयोध्यामा प्राणप्रतिष्ठा तथा जनकपुर एवम् देशभरि नै गरिँदै आएको भन्दै राम बचन मञ्चकी उपाध्यक्ष गीता गट्टानीले प्रस्तुत गरेकी थिइन् ।

विद्यालयको सस्थापक रीता राना राइको प्रमुख आतिथ्यमा एवम् मञ्चकी अध्यक्ष रीता चित्तल्याङ्गियाको अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here