श्रमिक महिलाहरुलाई छाता बितरण

0
8

झापा ।

इनरह्वील क्लल अफ मिडटाउन बिर्तामोडले श्रमिक महिलाहरुलाई छाता बितरण गरेको छ ।

बिर्तामोड–१मा रहेको बस्नेत परिवारद्वारा निर्मित शिव मन्दिरमा एक कार्यक्रमको आयोजना गर्दै महिलाहरुलाई मीठोमसिनो खुवाउँदै छाता वितरण गरिएको हो । ११२औं श्रमिक महिला दिवसको अवसर पारेर इनरह्वील क्लव अफ मिडटाउनले बिर्तामोड क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरु मिठाईसहित छाता बितरण गरेको थियो ।

क्लबकी अध्यक्ष मोनिका अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारिका समूह झापाकी अध्यक्ष एवम् रेडियो बिराटकी प्रबन्ध निर्देशक लीला अनमोलको प्रमुख आतिथ्य रहेको थियो ।

क्लबकी सचिब लुना बस्नेत शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा इनरह्वील क्लब अफ मिड टाउन बिर्तामोडले जिल्लाका विभिन्न क्षेत्रमा रहेका महिला, बालबालिका, अपाङ्ग, दृष्टिबिहीनहरुका लागि गरेको सहयोगको समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा रेणू वंशल, जुनु विमली उप्रेती, कमला पौडेल, अनिता शर्मा, बर्षा राजभण्डारी, रेखा अग्रवाल, निलम अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here