सकियो झापा गोल्डकप

0
12

खेलकुदको महाकुम्भ भनिने बिर्तामोडमा सञ्चालित झापा गोल्डकप सफलतापूर्वक समापन भएको छ । फागुन १९ गतेदेखि शुरु भएको प्रतियोगितामा देशका ए डिभिजनका सहित दश वटा टिमको सहभागिता थियो । प्रतियोगिताका सबै खेलहरुमा दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो भने कुशल व्यवस्थापनका कारण झापा गोल्डकप प्रशंसापूर्ण बन्यो । झापाको केन्द्रका रुपमा परिचित बिर्तामोड नगरपालिकाको वडा नं. ३ बिर्ताबजार नजिक रहेको, पछि नामकरण गरिएको डोमालाल राजवंशी रंगशालामा सञ्चालित गोल्डकप यसकारण पनि यस वर्षको उत्कृष्ट गतिविधि बन्न पुग्यो– कि यसले झापाली मनलाई पनि जोड्न सफल भयो ।

त्यसो त खेल भनेकै सामुहिकताभित्रको एकता हो । यसले फरक–फरक शरीर, लक्ष्य र संघर्षलाई जोडेर विजयको आशा सञ्चार गर्छ । झापा गोल्डकपले राजनीतिकर्मी, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, किसान, मजदुर हुँदै बालबालिकादेखि वृद्धवृद्धासम्मलाई खेल मैदानमा पु¥यायो । खेलाडीहरुको त उत्सव नै हुने फुटबल प्रतियोगिताका दिनहरु जति सकिँदै गए त्यति नै दर्शकहरुको उपस्थिति बाक्लिँदै गयो । हुँदाहुँदै उपस्थित दर्शक तथा खेलप्रेमीहरुलाई व्यवस्थापन गर्नै गाह्रो भयो । प्रतियोगिताको सफलताका पछि व्यवस्थापनको कुशलताकै भूमिका थियो, आयोजक सदस्यहरुको सद्भाव, हार्दिक तथा समन्वयकारी र सहकार्य थियो भन्न धक मान्नु पर्दैन ।

भनिन्छ, सबै राम्रामा पनि केही दाग हुन्छ । यति ठूलो आयोजना गर्न आयोजकले कति दिन, कति रात भोक–निद्रा त्याग्नु प¥यो पनि होला । त्यति हुँदाहुँदै पनि आयोजक समितिले केही व्यवस्थापनमा आगामी दिनमा विशेष ध्यान दिनैपर्छ । निःशुल्क प्रवेशका लागि दिइने ‘पास’ असम्बन्धितले त प्रयोग गरेनन् समीक्षा गर्नुपर्छ । सञ्चारकर्मी, सदस्य र विशेष सहयोगीका लागि वितरण गरिएका त्यस्ता ‘पास’ दुरुपयोग भएका थुपै्र उदाहरण पनि देखिए । त्यसैगरी खेल मैदानमा दर्शककै सुविधाका लागि राखिएको एलइडी बोर्ड खसेर दर्शक घाइते भए । यद्यपि त्यसले गम्भीर क्षति त गरेन तर त्यसको स्थायीत्वका निमित्त आगामी दिनलाई आयोजकमा सचेतना र सजगता आउनैपर्छ । रंगशालाको वैधानिकता अहिले पनि अनिश्चित छ, आयोजकले फलाम तातेकै बेला ‘घन’ चलाउनुपर्छ । दुर्गा मन्दिरको जग्गा भूमाफियाको कब्जामा पुगिसकेको छ, त्यसलाई फिर्ता ल्याउन चुनौती छ । अनि मात्र प्यारापिट लगायतका भौतिक संरचना निर्माण गर्ने बाटो खुल्छ । त्यसैले यी सबै व्यवधानहरु खोल्न, हटाउन र एकत्रित शक्ति निर्माण गर्न झापा गोल्डकप सम्बद्ध सबैमा सामथ्र्य प्राप्त होस् । यसपटकको सम्पूर्णरुपले सफल फुटबल महाकुम्भका लागि अध्यक्ष लगायत सबै सदस्यहरुलाई बधाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here