हल्दिबारीमा बेसार प्रबद्र्धन गर्न अन्तरक्रिया

0
5

झापा ।

झापामा बेसारको प्रबद्र्धन गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाले सामुदायिक वन उपभोक्ता समूहहरूले उत्पादन गरेको अर्गानिक बेसार (हल्दि)को बजार प्रवद्र्धन गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो ।

झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव सुमन्त मैनाली एवम् प्रतिनिधिहरु, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, कचनकवल गाउँपालिका उपप्रमुख नवराज भट्टराई, हल्दिबारी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाई, सचिव नेत्रविक्रम बिमली, स्थानीय व्यवसायी साथी कृषि फर्मका प्रदिप थापा, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरू, बेसार उत्पादन गर्ने सामुदायिक वन समूहका प्रतिनिधिहरू, फरेष्ट एक्सन नेपालका प्रतिनिधिहरू, सञ्चारकर्मीहरु र सरोकारवालाहरू बीच छलफल भएको थियो ।

भद्रपुरका दियालो, दशरथपुर, विशाल र कमलधाप रामपोखरी, हल्दिबारीका पाथीभरा कालीका र रातमाटे तथा कचनकबलका दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वन समूहमा कृषि वन अन्तर्गत बेसार उत्पादन गर्दै आएका छन् । बेसारलाई सब्जी मसलाका साथै औषधिको रुपमा प्रयोग गरिन्छ ।

प्रत्येक घरको भान्सामा हरेक दिन प्रयोग हुने बेसार विदेशबाट लाखौंको आयात हँुदा यही उत्पादन भएको बेसारले बजार पाउन मुस्किल छ । भारतबाट मिसावट भएको बेसार सस्तो रूपमा नेपाल भित्रिनाले पनि यहाँको बेसार अलिकति महँगो हुन गएको व्यवसायीहरूले भनाइ छ । आमउपभोक्ताहरुलाई सस्तोभन्दा पनि गुणस्तरको बारेमा बुझाउन आवश्यक रहेको सबैको साझा धारणा रहेको थियो ।

बेसारमा विशेषगरी सेतो पिठो मिसाइएको पाउने भएकाले त्यसको प्रयोगको मात्रा सब्जीमा धेरै लाग्ने तर अर्गानिक बेसार थोरै प्रयोग हुने हुँदा यो विषय आमउपभोक्ताले बुझ्न सके मूल्य खासै फरक नपर्ने निष्कर्ष निस्केको थियो । अग्र्यानिक रूपमा उत्पादन गरिएको बेसारको प्रचार–प्रसार तथा बजार प्रवद्र्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देनले हल्दिबारी गाउँपालिका सामुदायिक वन समूहले गरेका यस्ता कार्यक्रममा सहकार्य गर्न तयार रहेका बताए । त्यसैगरी कचनकवल गाउँपालिका उपाध्यक्ष भट्टराईले रैथाने बाली संरक्षण तथा कृषकहरूको जिविकोपार्जनमा जोडिएको बेसारलाई बजारीकरण र उत्पादनमा जोड दिन कचनकवल गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै झापा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईले सामुदायिक वनहरूले उत्पादन गरेको बेसारको बजारीकरण र ब्राण्डिङमा सहकार्य गर्ने बताए । त्यसैगरी डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले कृषि वन प्रबद्र्धन कार्यक्रमले बेसार उत्पादन सँगै रैथाने वनस्पति पुनरुत्पादन हुने बताए ।

त्यस्तै दुर्गाभिट्टा समूहका अध्यक्ष धनराज गुरुङले जंगली जनावरबाट पनि सुरक्षित तथा वनको संरक्षणमा टेवा पु¥याउन र आर्थिक आम्दानी गर्ने कृषि वनको अवधारणा उचित रहेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फरेष्ट एक्सन नेपालकी फिल्ड अधिकृत मूना भट्टराईले वन समूहमा भएको बेसार खेती किन भन्ने बारेमा तथ्यसहित प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रमको सहजीकरण महासंघ कि कोषाध्यक्ष देवीका अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here