मृत्युलाई अनुमोदन

0
7

मैले
सहर्ष अनुमोदन गरेको
आफ्नै मृत्युलाई
तिमीले
थप स्वीकृत गरिरहनु पर्दैन
हो,
जीवन बाँच्ने
लुते भीख माग्नुभन्दा
मैले
आफ्नो बलवान मृत्युलाई
आफैँ
सहर्ष– साहसिक
अनुमोदन गरेपछि
मलाई
यसैमा आनन्द आएको छ
मरेर सदैव
बाँचेको जीवनभन्दा
एक पटक
आफँै
आफ्नो मृत्युलाई सहर्ष साहसिक
अनुमोदन गरेपछिको
आनन्द
आफैँमा जीवन होइन र ?
हो,
मलाई
सहर्ष रोजिएको
यही
साहसिक मृत्युभन्दा
ठूलो जीवन
अन्त
अरुतिर कहीँ कतै
खोज्न जानु छैन
मरेर
मृत्युपछि बाँचेको
जीवनभन्दा
जीवनमा
अरु… अरु… केही
नयाँ रोज्नु छैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here