पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

0
6

बलुचिस्तान,

पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेसनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अभिभावक आक्रोशित बनेका छन् ।

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी संगठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूमा आवश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।’

‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।

एककाइसौँ शताब्दीमा विश्वले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ । जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर-जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here