झापाका सबै कन्सल्टेन्सीलाई इक्यानमा आवद्ध हुन आह्वान गर्दछु– सुवेदी

0
7

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको नेतृत्व रोशन सुवेदीले गरिरहेका छन् । पछिल्लो शैक्षिक अवस्था, झापाका इक्यानले निर्वाह गरिरहेका भूमिका लगायत विभिन्न विषयमा उनीसंग गरिएको कुराकहानीको प्रस्तुत छ सम्पादित अश :

 इक्यान झापाको नेतृत्व सम्हाल्नु भएको छ । अहिले इक्यान झापाको अवस्थाको कस्तो छ ?

–प्रश्नका लागि यहाँलाई धन्यवाद । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको नेतृत्व मैले सम्हाले पछि अहिले इक्यानमा आवद्ध कन्सल्टेन्सीलाई लक्षित गरेर विभिन्न तालिमहरुको आयोजना गरिरहेको छ । इकयान केन्द्रसंगको सहकार्य तथा विभिन्न विश्वविद्यालयहरुसंगको साझेदारीमा यस पटक तालिम तथा सेमिनारहरुलाई प्राथमिकता दिइएको छ । झापामा हालसम्म २० भन्दा धेरै कन्सल्टेन्सीहरु इक्यानमा आवद्ध भइसकेका छन् । अझ धेरै कन्सल्टेन्सीहरुलाई इक्यानमा आवद्ध हुने इच्छा ब्यक्त गर्नुभएको छ । उहाँहरु पनि छिट्टै इक्यानमा आवद्ध हुनुहुने छ ।

 पूर्वकै सबैभन्दा धेरै कन्सल्टेन्सीहरु बिर्तामोडमा रहेको छन् । यिनीहरुलाई ब्यवस्थित गर्न इक्यान झापााले के गर्दैछ ?

– पक्कै पनि पूर्वमा सबैभन्दा धेरै कन्सल्टेन्सी कुनै शहरमा छ भने त्यो हो बिर्तामोड । यहाँ झापाका विभिन्न स्थानसहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङका पूर्व भागबाट समेत विद्यार्थी तथा अभिभावकहरु शैक्षिक परामर्शका लागि आउने गर्नु हुन्छ । विगतमा शैक्षिक परामर्शका लागि मात्रै पनि काठमाण्डौं जानुपर्ने बाध्यता थियो । तर अहिले त्यस्तो छैन् । कन्सल्टेन्सीहरु धेरै छन् र इक्यानमा आवद्ध कन्सल्टेन्सीहरु जिम्मेवार ढङ्गबाट सञ्चालित छन् । म अरु कस्ता छन् भन्ने तर्फ जाँदिन म इक्यानको अध्यक्ष भएको नाताले यति भन्न सक्छु इक्यानमा आवद्ध कन्सल्टेन्सीहरु जिम्मेवार र ब्यवस्थित छन् । अझ यसलाई विकास गर्न हामीले विभिन्न समयमा तालिमहरु सञ्चालन गरिरहेका छौं ।

 कन्सल्टेन्सीका कारण सक्षम र योग्य विद्यार्थी विदेशी भए आरोप छ नी ?

– कन्सल्टेन्सीले विदेश पठाउने होइन् । हामी शैक्षिक परामर्श दातामा मात्र हौं । कुनै पनि विद्यार्थीले देश तथा विदेशमा अध्ययनका लागि जान्छु भन्छ भने हामीले जानेका तथा त्यस विश्वविद्यालयका बारेमा जानकारी गराउँछौं । सकेसम्म नेपालकै विश्वविद्यालयमा अध्ययन गर्न हामी सुझाव दिनेका छौं । तर विद्यार्थीको नैर्सगीक अधिकार हो । उसले चाहेको विश्वविद्यालयमा पढ्नका लागि । हामी माथि यस्ता आरोप लगानु मिथ्या हो । विदेशमा अध्ययन गरेर फर्किएका धेरै विद्यार्थीहरुले गरेका सफलता तथा उनीहरुका कामको पनि मुल्याङ्कन हुन जरुरी छ । नकरात्मकता मात्र होइन कन्सल्टेन्सीका कारण भएका सकरात्मकाको पनि मुल्याङ्कन गरिदिन म सबैसंग आग्रह गर्दछु ।

शैक्षिक क्षेत्रका नाममा खरबौं रुपैंया विदेशीयो भन्ने गरिन्छ वास्तविकता के हो ?

– हो । नबुझनेहरुले लगाउने आरोप यस्तै हुन्छ । सबैभन्दा पहिला वास्तकिवता बुझन जरुरी छ । अध्ययनका लागि खर्चिएको रकममात्र हेर्ने हो भने खरबौं विदेश भएको छ । तर ति विद्यार्थीहरुले पठाएको रकमको कसैले हिसाब राख्दैनन् । न राज्यले यस्ता विषयमा सम्झेको छ । विद्यार्थीले अध्ययनसंगै बाँकी रहेको समयमा काम गर्दै बचत गरेको रकम घरपरिवारमा पठाएर उसको शिक्षासंर्ग घरको आर्थिक अवस्थामा पनि सुधार ल्याएको विषय कसले खोजि गर्ने । त्यस कारण जति पैसा गयो भनिन्छ त्यो भन्दा धेरै देशमा भित्रिएको छ । यस विषयमा पनि खोज्न जरुरी छ त्यसैले यो नकारात्मक भ्रम सिर्जना गर्नेहरुले मात्र यस्ता तर्क गर्ने गरेका छन् ।

धेरै कन्सल्टेन्सीहरु इक्यानमा आवद्ध भएको पााइन्न, उनीहरुलाई कसरी समेट्ने प्रयास गर्दै हुनुहुन्छ ?

– झापामा रहेका कन्सल्टेनसीहरु इक्यानमा आवद्ध हुने क्रममा नै रहेका छन् । संगठनको महत्व बुझे पछि उहाँहरु आफैं आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौं । यो संस्था राजनीति गर्ने संस्था होइन यो संस्था ब्यवसायीको हितमा काम गर्ने संस्था भएकाले एक दिन सबैले यसको महत्व बुझेर आउनुहुन्छ भन्ने अपेक्षा गरेको छु । इक्यानमा आवद्ध नहुने साथीहरुलाई हामीले बुझाउने प्रयास जारी राखेका छौं । धेरै साथीहरुले इच्छा ब्यक्त गर्नुभएको छ । इक्यान झापामा सबै साथीरु एक दिन गोलबद्ध हुनुहुने छ ।

झापामा कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?

– सान्दर्भिक प्रश्नका लागि यहाँलाई धन्यवाद । हामीले शिक्षक दक्ष भए मात्रै विद्यार्थीलाई सही काउन्सिलिङ गर्न सकिन्छ भन्ने हेतुले यस पटक विभिन्न तालिमहरु आयोजना गरिरहेका छौं । विभिन्न देशका भाषा, शैक्षिक अवस्था, विश्वविद्यालयको अवस्था लगायतका विषयमा हामीले कन्सल्टेन्सीमा रहेका शिक्षकहरुलाई केन्द्रित गरेर विभिन्न तालिमहरु दिइरहेका छौं । यो क्रम निरन्तर चल्ने छ ।

पछिल्लो समय विद्यार्थी भिजामा जाने र काम नपाएको गुनासो बढ्न थालेको छ यसलाई कसरी समाधान गर्ने योजनामा हुनुहुन्छ ?

– केही समस्याहरु आएका छन् । आर्थिक मन्दिका कारण धेरै देशको अवस्था विगतको जस्तो छैन् । हामीले विद्यार्थीले अध्ययनका लागि सिफारिस गर्ने हो । हामीले काम गर्नका लागि पठाउने होइन त्यस कारण शुरुवात मै हामीले यस विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराई सकेका हुन्छौं । पढ्ने बहानामा जाने र काममा मात्र ध्यान दिनेहरुका लागि केही देशमा अहिले अलिक गाह्रो छ । कुनै देशमा समस्या आएका हामीले इक्यान केन्द्रसंग समन्व्य गर्दै अघि बढ्ने छौं । इक्यान झापामा आवद्ध कन्सल्टेन्सीबाट विदेश पुगेका विद्यार्थीमा यो समस्या अहिलेसम्म देखा परेको छैन् । आगामी दिनमा अझ सचेत बन्ने छौं ।

विद्यार्थीलाई विदेश पठाउने चक्करमा केही कन्सल्टेन्सीहरुले नक्कली शैक्षिक प्रमाण पत्रदेखि फेक बैंक डिपोजिट देखाउने गर्छन् भन्ने आरोप छ नी ?

– सबै कन्सल्टेन्सी सही छन् भन्दिन् । र सबै कन्सल्टेन्सी खराब छन् पनि भन्दिन । एकै आमाका सन्तान त फरक–फरक हुन्छ भने संस्था फरक हुनु स्वभाविकै हो । तर यति चाँही दाबीका साथ भन्न सक्छु इक्यानमा आवद्ध कुनै पनि कन्सल्टेन्सीहरुले यस्तो काम गर्दैनन् । हामी विद्यार्थी र अभिभावकलाई प्रष्टसंग सबै कुरा बुझाउँछौं । नक्कली शैक्षिक प्रमाण पत्र बनाउने तथा फेक बैंक डिपोजिट गर्ने काम इक्यानमा आवद्ध कन्सल्टेन्सीहरुले गरेका छैनन् । अरुको विषयमा मलाई केही टिप्पणी गर्नु छैन् । यदि यसरी गलत काम गर्छ भने त्यसलाई कडा कारबार्ही गर्न राज्य संयन्त्र लाग्नुपर्छ ।

अन्त्यमा के भन्नु हुन्छ ?

अन्त्यमाम झापाका सबै कन्सल्टेन्सीहरुलाई इक्यानमा आवद्ध हुन आह्वान गर्दछु । साथै इक्यानमा आवद्ध भए पछि हामीले नियम, कानुन र परिधिमा रहेर काम गर्दा कुनै समस्या आउँदैन् । यदि कोही बेला कुनै समस्या आएमा त्यसलाई सबै मिलेर समाधान गर्न सकिन्छ । कन्सल्टेन्सीहरुले विद्यार्थीलाई विदेश जान प्रोत्साहित गर्छ भन्ने भ्रमलाई चिर्नका लागि हामीले नेपालकै केही विश्वविद्यालयसंगको साझेदारीमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आह्वान गर्ने प्रयास गरिरहेका छौं । भर्खरै मात्र बिर्तामोडको बीएण्डसी मेडिकल कलेजले मान्यता प्राप्त गरेको छ । अब यहाँ चिकित्सा शिक्षा अध्ययनका लागि धेरै विदेशी विद्यार्थी आउन सक्ने सम्भावलाई मध्यनजर गर्दै हामीले काम गरिरहेका छौं । त्यसैले म सबैलाई भन्न चहान्छु हामीले विदेश पठाउन होइन स्वदेशमै केही गरौं भन्ने उद्यमशिलता पनि सिकाइ रहेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here