प्रेस स्वतन्त्र र सक्षम होस्

0
5

अंग्रेजी महिनाको मे ३ सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाहरुलाई आ–आफ्नो दायित्व स्मरण गराउने विशेष दिन हो । बत्तीस वर्षअघि नामिबियाको राजधानी विन्डहक शहरमा भएको सम्मेलनमा संयुक्त राष्ट्रसंघले यो दिनलाई प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा मे ३ तारिखमा विश्वभर नै विविध कार्यक्रमका साथ प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । आमनागरिकलाई सुसूचित गराउने दायित्व प्रेसले प्रवाह गरेको सूचनाद्वारा सम्पन्न भएका हुन् । त्यसैले प्रेसको भूमिका संकुचित र नियन्त्रित हुनुहुँदैन भनेर विश्वभर यो दिवस मनाउने गरिएको हो ।

प्रेस जगतको भूमिका र योगदानकै आधारमा यसलाई राज्यको चौथो अङ्ग भनिएको छ । त्यसैले सञ्चार क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाहरुले आप्mनो जिम्मेवारी र भूमिका बिर्सनु हुँदैन । त्यो सँगै सञ्चार जगतलाई व्यवस्थित गर्न आफूले पालना गर्नुपर्ने नैतिक दायित्व र आचारसंहिताको परिपालनामा चुक्नु हुँदैन भनेर स्वस्मरण गर्नु पनि आजको दिनको सान्दर्भिकता हो । यही दिन हो, प्रेस स्वतन्त्रता र समाचार संकलन र लेखनका क्रममा जीवन गुमाएका पत्रकारहरुको योगदानलाई स्मरण गर्दै श्रद्धा प्रकट गर्ने ।

प्रेसको स्वतन्त्रताबिना प्रजातन्त्र सम्भव छैन, त्यसको संरक्षण तथा प्रबद्र्धनमा पनि प्रेसकै भूमिका अहम् हुन्छ । आधुनिक भाष्यमा रुपान्तरित लोकतन्त्रलाई गतिवान बनाउन पनि महत्वपूर्ण रहेको प्रेसले सुशासनप्रति जिम्मेवार अङ्गलाई सजग गराइरहन्छ । सुशासनका आधारका रुपमा रहेका आर्थिक पारदर्शिता, भ्रष्टाचारमुक्त, शक्तिको सदुपयोग, नैतिकता, इमान्दारिता जस्ता गुणहरुको प्रवद्र्धनमा सचेत गराउने प्रेसले विकास निर्माणको प्रबद्र्धनमा समेत योगदान दिन्छ । सरकारबाट भएका अनियमितता, पद र अधिकारको दुरुपयोगप्रति खबरदारी गर्ने भएकाले ‘वाच डग’ समेत भनिने प्रेस र यो क्षेत्रको विशिष्टतालाई हाम्रो संविधानले समेत स्वीकार गरिसकेको छ । त्यसैले सरकारले प्रेस जगतलाई सम्मान गर्दै प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्छ । प्रेसले पनि स्वयम् उत्तरदायी र मर्यादित हुनुपर्छ । आजको दिनले प्रेस जगत र सरकार दुबैलाई आ–आफ्नो भूमिका प्रति सचेत गराओस्, नागरिकको सूचना प्राप्त गर्ने हक प्रबद्र्धन गरोस् र स्वतन्त्र प्रेसको विकास गरोस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here