मिस नेपाल २०२४ को अडिसन बिर्तामोडमा

२२ बैशाख २०८१, शनिबार मा प्रकाशित

झापा ।

मिस नेपाल २०२४ का लागि अडिसन शुरु भएको छ । द हिडन ट्रेजरले अप्रिल १० तारिखदेखि विभिन्न स्थानमा अडिसन शुरु गरेको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, पोखरा र काठमाडौं लगायतका विभिन्न शहरमा प्रतियोगिताका लागि अडिसन हुने आयोजक संस्थाका निर्देशक गीरेन्द्रमान राजवंशीले जानकारी दिए । सन १९९४ देखि शुरु भएको मिस नेपाल प्रतियाोगिता ३० वर्षमा प्रवेश गरेको छ ।

प्रतियोगिताका लागि १८ देखि २७ वर्षसम्मका अविवाहित युवतीले सहभागिता जनाउन सक्नेछन् । जसमा ५.३ फिट उचाइ, कक्षा १२ उत्तीर्ण हुन पर्ने छ । प्रतियोगितामा सहभागी हुने आवेदकले निःशुल्क रुपमा अनलाइन मार्फत फारम भर्न सक्ने बताइएको छ ।

प्रतियोगिताको अडिसन बिर्तामोडमा २३ गते हुने आयोजकले जनाएको छ । आवेदन दिएका निःशुल्क रुपमा एक महिना १५ दिन तालिम आयोजक संस्थाले प्रदान गर्ने निर्देशक राजवंशीले बताए । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुने र त्यसबाट छानिएका प्रतियोगीहरुले ग्राण्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनु पर्ने बताइएको छ ।

कार्यक्रममा मिस नेपाल २०२३ कि सृच्क्षा प्रधान, मिस नेपाल अर्थ २०१८ की प्रिया सिग्देल, बिर्तामोडका लागि कोअर्डिनेटर सन्तोष अग्रवाल लगायतले बोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here