आमा

२२ बैशाख २०८१, शनिबार मा प्रकाशित

आमा शब्द नै काफी छ,
ब्रम्हाण्डको निःस्वार्थ प्रेमलाई बयान गर्न ।
म रुँदा मेरा गाला सुम्सुम्याउँदै,
मलाई अङ्गालोमा लुकाउँछिन् आमा,
मलाई पीडा पर्दा आफै आँखा भिजाउँछिन् आमा ।
मिठो मुस्कान मुस्कुराउँदै उनी
परिवारमा खुशीको रागिनी छर्छिन,
आफ्ना चाहना लुकाउँदै उनी,
हाम्रा सपना मनभरि भर्छिन् ।
पाखापखेरामा अटल रहि उभिएको सगरमाथा जस्ती भनौ,
की निशाको तममा उज्यालो छर्ने चन्द्रमा जस्ती भनौ,
तिम्रो बयान गर्न म शब्द कसरी पुर्याउँ,
तिम्रो ऋण तिर्न सामथ्र्य कसरी जुटाउँ,
चिन्ता नगर आमा,
भुल्ने छैन तिम्रो यो प्यारो काखलाई,
तिमीले दिएका यी सुनौलो पलहरुलाई,
तिमी केवल मेरो हात समाई देऊ,
हारेको बेला मेरो कुम थपथपाई देऊ,
तिम्रो लठ्ठी बनेर दिनेछु सारा जगतको खुशी उपहार,
म छोरी नै छोरा भएर पार्नेछु तिम्रा सपना साकार ।

इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय
मेचीनगर–१०, धुलाबारी, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here