झापा ।
झापासहित देशका धेरै स्थानमा वर्षा भइरहेको छ । झापामा हाज बिहानबाट वर्षा शुरु भएको हो ।
लगातारको वर्षाका कारण केही स्थान जलमग्न भएको बताइएको छ । केही दिन अघिको चर्को घामका कारण गर्मीको महशुस भइरहेका बेला वर्षा भएसंगै शिलत महशुस भएको छ ।
यसैबीच काठमाडौँमा हावाहुरीसहित वर्षा शुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।