ढुङ्गाना दम्पतिद्वारा निर्मित पुल उद्घाटन

0
10

लक्ष्मीपुर ।

समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाद्वारा बिर्तामोड–२स्थित श्रीजय ड्रिमलेण्ड पार्क र दाहालगाउँ जोड्ने नवनिर्मित अजय पुल बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईलेले उद्घाटन गरेकी छिन् ।

सो पुल ढुंगाना दम्पतिले आफ्नो निजी लगानीमा निर्माण गरेका हुन् । बिर्तामोड नगरपालिकाद्वारा पुल निर्माणको लागि बिनियोजित रकम समेत अस्वीकार गर्दै सम्पूर्ण पित्री तरणतारणको लागि भन्दै ढुंगाना दम्पत्तिले सो पुल निर्माण गरिदिएका हुन् ।

सो अवसरमा नगरप्रमुख प्रसाईले यस अघि पनि ढुंगाना दम्पत्तिले सामाजिक धार्मिक शैक्षिक तथा पर्यावरणको क्षेत्रमा धेरै काम गरिसकेका कारण समाजको मुर्धन्य व्यक्तित्व भएको बताइन् । समृद्ध समाज निर्माणको लागि राज्यको मात्र बाटो हेर्ने सोच परिवर्तन गर्न समाजमा धेरै ढुंगाना दम्पत्तिहरुको आवश्यकता भएको नगरप्रमुख प्रसाईले बताइन् ।

कार्यक्रम नगरप्रमुख प्रसाईको प्रमुख आतिथ्य तथा शिक्षासेवी जयनारायण ढुंगानाको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा शंकराचार्य पीठ साधुटारका संस्थापक किशोरकुमार पौडेल, वडा नं. २का वडाध्यक्ष केदारप्रसाद खतिवडा, कनकाई क्याम्पस प्रमुख सुरेशकुमार चापागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा कनकाई क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई माविका प्राचार्य विष्णु दाहालले गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here