अर्जुनधारामा अखिल नेपाल किसान महासंघले धान दिवस मनायो

0
15

कालिस्थान ।

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघले २१औं राष्ट्रिय धान दिवस मनाएको छ ।

पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत किसान महासंघ जिल्ला तथा अर्जुनधारा नगर कमिटीको संयुक्त आयोजनामा अर्जुनधारा–१० स्थित कालिस्थानमा धान दिवस मनाइएको हो ।

मौलिक नेपाली पञ्चे बाजाको असारे भाका बजाउँदै टेकेन्द्र लावतीको खेतमा रोपाई गर्न निस्कदा कार्यक्रममा उपस्थित सबै स्वतःस्फूर्त रुपमा नाच्दै–गाउँदै धान रोप्न उत्साहित देखिन्थ्ये ।

असारे भाकासँगै बेठी शुरु गर्दा कार्यक्रममा उपस्थित स्थानीयले पनि बेठीको आवाज सुनेपछि एक दुई गाभो भए पनि रोप्नुपर्छ भन्दै खेतमा धान रोप्न पुगेका थिए ।

किसान महासंघका झापा अध्यक्ष शंकर सेढाईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने ‘सरु’ रहेकी थिइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य हरिकुमार राना, वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, किसान महासंघ प्रदेश अध्यक्ष घनश्याम थापा, पार्टी नगर अध्यक्ष नारद तामाङ, तारा सुवेदी, सन्तोष थापा, विद्यार्थी नेता अनिल सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

रोपाइँ कार्यक्रममा बालकदेखि वृद्धसम्म उत्साहितरुपमा उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here