लागूऔषधसहित तीन जना पक्राउ

0
8

विराटनगर।

मोरङ र धनकुटाबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बूलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी–९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here