बेलबारीको ९७ करोड १५ लाख ८५ हजार बजेट पास

0
15

पथरीशनिश्चरे,

मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ – ०८२ को बजेट नगरसभाबाट पास गरेको छ ।

नगरको नीति तथा कार्यक्रममार्फत् प्रस्ताव गरिएको ९७ करोड १५ लाख ८५ हजार रुपियाँको बजेट पास गरिएको हो ।

विनियोजित बजेटमध्यें ५८ करोड ९३ लाख १८ हजार रुपियाँ चालु खर्चका रूपमा रहनेछ भने ३४ करोड ४९ लाख १७ हजार रुपियाँ पूँजीगत खर्चका रूपमा विनियोजन गरिएको छ । यसैगरी, वित्तीय व्यवस्थापन शीर्षकमा बेलबारी नगर सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले बताइन् ।

यसैगरी, बिजुली मालपोत टोल विकास संस्थालाई उत्कृष्ट टोल विकास संस्थाका रूपमा नगद तीन लाख तथा सम्मानपत्रबाट सम्मान गरेको नगरपालिकाले सिंहदेवी र पाथीभरा टोल विकास संस्थालाई प्रतिसंस्था ५० हजार रुपियाँ नगद तथा सम्मानपत्रबाट सम्मान गरेको छ । यी दुवै संस्थालाई पनि कार्यसम्पादन मूल्याङ्कनका आधारमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

यसैबीच, नगरपालिकाले नगरमा लामो समयसम्म सेवा गरेका पाँचजना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ६० हजार रुपियाँ नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान समेत गरेको छ । सम्मानित हुने महिला स्वयंसेविकाहरूमा बेलबारी ५ का स्वयंसेविकाद्वय देवीमाया बस्नेत र तेजकुमारी बस्नेत, बेलबारी ६ की भक्तिकला राई, बेलबारी ९ की नारायणी उपाध्याय र बेलबारी १० की पवित्रादेवी राई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here