मेहनतको काम

0
1

मानिस भएर जन्मेपछि
अनेक काम गर्नुपर्ने रहेछ
सानो होस् या ठूलो होस्
सबै जान्नुपर्ने रहेछ ।

मेहनत गरे
अवश्य सफलता मिल्छ
जिन्दगीको संघर्षमा
अवश्य पार लाग्छ ।

जन्मेपछि केही लक्ष्य हुन्छ
पूरा गर्न जान्नु पर्छ
खुशीयाली छरेर
मेहनतको काम गर्नुपर्छ ।

कुनै काम सानु हुँदैन
सबैलाई बराबरी मान्नुपर्छ
चाहे जस्तोसुकै होस्
मेहनत गर्न जान्नुपर्छ ।

मेचीनगर–१२, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here