मोरङको बाँसबारीमा खुल्यो स्मार्ट माइन्ड लर्निङ सेन्टर

0
1
योगेन्द्र योगी,
मोरङ :
मोरङको सुन्दरहरैचा नगरपालिका ४ बाँसबारी चोक नजिकै स्मार्ट माइन्ड लर्निङ सेन्टर खुलेको छ। आइतबार गुरुपूर्णिमाको अवसर पारेर उक्त लर्निङ सेन्टर बिधिव रुपमा संचालनमा आएको हो।
लर्निङ सेन्टर उद्घघाटन गर्दै उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले पछिल्लो समय शिक्षित युवाहरू विदेश पलायन हुने गरेको प्रशाङ्ग उल्लेख गर्दै नयाँ बिद्यार्थीहरुले देशमै केहि गर्नु पर्छ भन्ने भावले लर्निङ सेन्टर संचालनमा ल्याएको भन्दै खुशी व्यक्त गरेका थिए ।
लर्निङ सेन्टरले गुणस्तरीय ट्युसन कक्षा तथा अन्त्य शैक्षिक सेवाहरु दिने सेन्टरका प्रवन्धक निर्देशक मदन भण्डारीले जानकारी दिए। अहिले तत्काल एसईईमा बिषय लागेका बिद्यार्थीहरुलाई लक्षित गरी कक्षा संचालन भईरहेको निर्देशक भण्डारीले बताए।
‘अहिले हामीले एसईईमा विभिन्न बिषय लागेका १५-२० जना बिद्यार्थीहरुलाई नि:शुल्क रुपमा पढाई रहेका छौ,उनले भने,’२०८१ सालको एसईई नतिजामा धेरै बिद्यार्थीहरु फेल भएकाले उनीहरुलाई लक्षित गरी कक्षा संचालन गरिरहेका छौ।’

बिद्यार्थीहरुलाईको मासिक रुपमा मुल्याङ्कन परिक्षा पनि लिईने उनले बताए। सेन्टरमा माध्यमिक तहका सबै बिषयको ट्युसन कक्षाहरु संचालन हुने,द्क्ष शिक्षकहरुद्वारा कक्ष संचालन गरिने संचालक निर्देशक आशिष सुन्दासले बताए। क्षमता वृद्धि हुने अन्य ज्ञानमूलक कक्षा समेत संचालन गरिने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here