जनश्रमदानले चियाबारी चिटिक्क

0
9

गणेश अर्याल, इलाम ।

सधै कार्यलयको काममा ब्यस्त रहने रोङ गाउपालिकाका पशु सेवा साखाका प्रमुख मिङमा रिन्जी शेर्पा मगलबार चियाबारीमा झार उखेलिरहेको भेटिए । रोजगार साखा प्रमुख सुरभी गुरुङ पनि चियाको फेद गोडनमा नै ब्यस्त हुनुहुन्थ्यो ।

उहाहरु जस्तै गाउपालिकाको धेरै कर्मचारीहरु चियाबारीको झार ब्यवस्थापनमा खटिनु भयो ।ससस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका प्रहरीहरुपनि चियाबारीमा नै देखिनु भयो । बेला बेलामा कुहिरोले छोपे पनि आकाशबाट पानी नपरेकाले चियाबारीमा रमाइलो सग काम भयो । गाउपालिका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधीहरु पनि उपस्थित भएर हौसला बढाएपछि सहभागीहरुमा जोस जागर थपिएको थियो ।

यो प्रसग हो इलामको रोङ गाउपालिका वडा नम्बर ३ कुटिडाँडामा रहेको शान्ति निकेतन माध्यमिक बिद्यालयको चिया गोडाइको । रोङ गाउपालिकाको आवहानमा बिद्यालयको चियाबारी गोडमेल तथा फूल रोपण कार्यको लागि जनश्रमदान जुटेको हो ।

जनश्रमदान कार्यक्रममा कुटिडाँडा, हासपोखरी र हर्कटेको टोलबिकास सस्था, पाथीभरा मन्दिरको ब्यवस्थापन समिति र ब्यापारीहरु बिभिन्न सामुदायिक बनका प्रतिनिधिहरुको ब्यापक सहभागीता रहेको शान्ति निकेतन माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष पुरन राईले बताउनु भयो । कार्यक्रममा बिद्यार्थी अभिभावक तथा शिक्षकहरुको समेत सहभागित रहेको थियो ।

रोङ गाउपालिकाले बनमार्फत समृध्दी कार्यक्रम अन्तरगत बिद्यालयको आन्तरिक आम्दानी बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ । यसैक्रममा शान्ति निकेतन माध्यमिक बिद्यालयमा गतबर्षबाट चिया रोपण कार्यक्रम सञ्चालन हुर्दै आएको छ । सोही क्षेत्रमा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाले उत्पादन गरेको चियाको बिरुवा बिद्यालय क्षेत्रमा रोपण भएको छ ।

यसबर्ष सम्ममा १७ हजार बिरुवा रोपण भइसकेको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताउनु भयो । चियाको बिरुवा रोपेको क्षेत्रमा पलाएको अनावस्यक झारपात उखेल पाखेलको लागि जनश्रमदानबाट काम गर्न गाउपालिकाले आवहान गरेपछि ६७ जनाले जनश्रमदान गरेको बिद्यालयको रेकर्डले देखाएको छ ।

चियाबारीको किनार तथा आसपासको क्षेत्रमा पूmल रोपेर शौन्दर्य सग सगै आम्दानी गर्ने उद्देश्यले फूल रोपणको कार्य समेत भइरहेको छ । गाउपालिकाले सामुदायिक बन तथा खेर गइरहेको जमिनमा आम्दानीको लागि उपभोग गर्न सुरु गरेको छ ।

जुन क्षेत्रमा जुनबाली सुहाउदो हावापानी छ त्यही अनुसारको बोटबिरुवा लगाएर बिद्यालयलाई आम्दानी गराउने गाउपालिकाको लक्ष्य रहेको उपाध्यक्ष बिष्णुमाया खवासले सुनाउनु भयो । बास कफी चिया एवोकार्डो लगायतको बिरुवालाई प्राथमिकतामा राखेर रोपण कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here