अपराधको अनुसन्धान गर्दै सत्य र यथार्थ स्थापित गर्ने संगठीत र व्यवस्थित संस्था हो प्रहरी । राज्यमा हुने जुनसुकै अपराधको अनुसन्धान गरी दोषीलाई कानून अनुसार दण्डित गर्न सहयोग गर्ने संगठनको शृद्धता, निष्पक्षता र प्रभावकारिताले अपराध न्यूनीकरण हुनुका साथै समाजमा शान्ति, सुरक्षा कायम हुन्छ । तर, त्यही संगठनभित्र समय–समय आउने गरेको नकारात्मक टिप्पणी र आलोचनाले उसको सत्य, सेवा, सुरक्षणम्को निष्ठा र प्रतिबद्धतामाथि आँच पु¥याउँछ । समाजमा शान्ति कायम होस्, सामाजिक तथा आर्थिक अपराधहरु नियन्त्रण होस् र आममानिसले सुरक्षित महशुस गर्न पाउने वातावरण र प्रत्याभूति होस्– यो समाजको अपेक्षा हुन्छ ।
हाम्रो प्रहरी संगठन अपराध अनुसन्धानमा विश्वमै प्रतिष्ठित संगठन हो । चौबीसै घण्टा जनताको सेवामा तयार रहनुपर्ने संगठनका आन्तरिक विवाद कहिलेकाहीँ सतहमा आउने गरेका छन् । त्यस्तो विवाद आर्थिक कारोबारसँग सम्बन्धित हुन्छन् जसले उसको गौरवमाथि नै प्रश्न उभिन्छ । विगतदेखि नै प्रहरीको सरुवा, बढुवा तथा अवसर प्रयोग गर्ने नै विषयमा आर्थिक चलखेल हुने गरेको टिप्पणी भइरहेको छ । जसमा सम्बद्ध मन्त्रालय, मन्त्रीहरु समेत मुछिएका छन् । त्यसमाथि प्रहरी संगठनभित्र अत्यावश्यक बन्दोबस्तीका सामानदेखि पोशाकहरुको खरिदमा ठूलै चलखेल हुने गरेको विषय आफैं अनुसन्धान र कारवाहीको तहसम्म पुगेकै हो ।
आर्थिक वर्ष ०८१÷०८२ का लागि संगठनका लागि चाहिने सामान खरिदमा अस्वभाविक चलखेल शुरु भएको समाचार सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष प्रहरी कर्मचारीका लागि आवश्यक ट्रयाकसुट, जुत्ता लगायतका सामग्री खरिदका लागि सार्वजनिक टेण्डर आह्वान गरेको छ । उक्त टेण्डर हात पार्न ठूला ठेकेदारहरु सक्रिय रहेका छन् । त्यसमध्ये जय सलिना इन्टरप्राइजेजका सञ्चालक ज्ञानेन्द्र बस्नेत उक्त टेण्डर आफैंलाई पार्न दौडधुपमा लागेको बताइएको छ । उनी पूर्व प्रहरी हुन्, शक्तिकेन्द्र र आर्थिक चलखेलबाट टेण्डर आफैंलाई पार्न दौडधुपमा लागेको बताइएको छ । शक्तिकेन्द्र र आर्थिक चलखेलबाट टेण्डर हत्याउन सफल हुँदै आफू अनुकूल निर्णय गराउँदै आएका व्यक्ति हुन् ।
प्रहरी संगठन नै सत्य र निष्पक्ष हुन सकेन भने जनताको जीवन र धनको सुरक्षाको अपेक्षा गर्नु व्यर्थ हुन्छ । बोलपत्र आह्वान हुनुअघि नै प्रहरी अधिकारीहरुलाई प्रभावमा पारेर बोलपत्र नै परिमार्जन गराउन सक्ने उनको सामथ्र्यले मापदण्ड पूरा गरेका ठेकेदार कम्पनीहरु अन्यायमा परेको टिप्पणी भइरहन्छ । अनि पनि उनको एकलौटी ठेकेदारी यथावत छ, जहाँ विवादमा परेका मुद्दाहरुमा कतिपय प्रहरी नै कारावहीमा परेका छन् । यस्तोमा प्रहरी संगठनलाई स्वच्छ, पारदर्शी, इमान्दार र जिम्मेवार बनाउन सबैखाले अनियमितताको अन्त्य हुन जरुरी छ । त्यसतर्फ सम्बद्ध मन्त्रालय, मन्त्री तथा सरोकारवाला निकायको ध्यान जानु पर्दछ ।