जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा

0
27

योगेन्द्र योगी
बिराटनगर,

मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी सहित ९ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको छ।

जुवाजन्य खेल खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले पूर्वअध्यक्ष माझी ९ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

एसपी कार्कीका अनुसार ग्रामथान गाउँपालिका वडा नं.४ कटहरा टोल स्थित बाँसघारीमा पैसाको हारजित हुने जुवाजन्य खेल खेलि रहेको अवस्थामा कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, काठको बाकस १ थान, स्टिल प्लेट ४ थान, कपडाको झोला २ थान, मोबाईल १५ थान, नगद अठार लाख एकाउन्न हजार पाँच सयबरामद गरिएको बताए।

पक्राउ पर्नेहरुमा शिव नारायण माझी,महेश शाह तेली, लोकनाथ सापकोटा, जनक कुमार मास्के, रितु वर्ण नेम्बाङ, युवक कुमार राई, जय किशन साहु, प्रताप भन्ने इच्छा राई र हाहीलाल माझी रहेका छन् भने शिव नारायण ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।

पक्राउ परेकाहरु बिरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ म्याद थप भई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको एसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here