झापा ।

आइएमइ लाइफ इन्सोरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले बागमती प्रदेश का एजेन्सी मेनेजर र टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान तथा एजेन्सी मेनेजर र एमडीआरटी २०२५ लाई सम्मान गरेको छ ।
राष्ट्रिय स्तरका मोटिभेश्नल प्रशिक्षक सन्तोष लामाले बिज्नेस ग्रोथ, आफ्नो क्षमता विकास गर्नका लागि प्रशिक्षण प्रदाान गरेका थिए । आइएमइ लाइफ इन्सोरेन्सका चिफ रिक्स अफिसर सुदिप राणा को प्रमुख आतिथ्य रहेको थियो ।
सहभागीलाई कम्पनीको भावि रणनिति कम्पनिको, प्रगति विवरण बारे प्रकाश पारेका थिए । विशिष्ट अतिथिहरु कम्पनीको ट्रेनिङ प्रमुख सुनिल आचार्य, माइक्रो प्रमुख सुनिल आधिकार, बागमती प्रदेश प्रमुख सीपी भट्टराईले एजेन्सी र बिमाको सम्बन्ध र आजको जीवन बीमितको महत्त्व तथा अभिकर्ताको भविष्य विषयमा मोटिभेस्नल प्रदान गरेको थियो।
आईएमई लाईफको पहिलो डबल पहिलो एमडीआरटी, मिना गुरुङ एमडीआरटी २०२५ डबल हरी शिवाकोटी , एमडीआरटी नेत्र राउ, एमडीआरटी युनिस राई ,सिनियर चिफ एजेन्सी मेनेजर, सिनियर, एजेन्सी मेनेजर लगायत एक सय पाँच जना भन्दा धेरैको सहभागिता रहेको थियो ।
डवल एमडीआरटी , आइएमइ लाइफ को नेपाल टप र ब्लाक डाईमन ग्रुपका अध्यक्ष एवम् चिफ एजेन्सी मेनेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





























