कनकाई वनको सभामा विभिन्न व्यक्ति सम्मानित

0
27

सुरुङ्गा ।

कनकाई सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २६ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकारसहित विभिन्न व्यक्ति सम्मानित भएका छन् ।

उमानारायण मिडियाका सञ्चालक समेत रहेका पत्रकार दिपेश प्रसाई लाई वन समुहको संरक्षण र यसका सकारात्मक गतिविधिको प्रचारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नगद ५ हजारसहित सम्मान गरिएको हो । उनलाई प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँबा लिम्बू, कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री हिराकुमार थापा, संविधानसभा सदस्य अम्बिका खवास, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली लगायतले सम्मान गरेका हुन् ।

त्यसै गरी कार्यक्रममा समाजलाई साहित्य र शिक्षाको माध्यमबाट सचेत बनाउने अग्रज साहित्यकार तथा शिक्षासेवी कोमलप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । त्यसै गरी, कार्यक्रममा समूह क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकहरू कनकाई–४ का राधाकृष्ण ढकाल र मनमाया संग्रौला , वडा नं. ३ बाट दाताराम खरेल, ललितबहादुर कार्की, मनमाया संग्रौला र गंगादेवी उप्रेती, वडा नं. २ बाट धनार्जन तिवारी र कमलादेवी मैनालीलाई दोसल्लासहित सम्मान गरिएको छ ।

समूहले उपभोक्ता परिवारका सदस्य गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै कनकाई मावि सुरुङ्गाबाट एसईई–२०८० मा उत्कृष्ट नतिजा कुल ३.७८ जिपीए ल्याउने सफल मैनाली र छात्रातर्फ ३.७५ जिपिए ल्याउने रमा ओली साथै जेहेन्दार तर्फ सोनिका मर्डीलाई नगद पुरस्कारसहित प्रशंसापत्रले सम्मान गरिएको थियोे ।

कार्यक्रममा वन समुहका कार्यालय सहायक गोकर्ण पराजुलीलाई उत्कृष्ट कर्मचारीको रूपमा नगद ५ हजारसहित सम्मान गरिएको थियोे भने वन संरक्षण समितिका संयोजक देवराज ओझा, सदस्य तिलादेवी संग्रौला, धरणीधर मैनाली, इन्द्र रोक्का, फरक क्षमता भएका कृष्णबहादुर राजवंशी, रञ्जितबहादुर बुढाथोकी, यसोदादेवी लुईटेल र भक्त विकलाई सम्मान गरिएको थियोे ।

कार्यक्रमको अध्यक्षता समेत गरिरहेका वन समूहका अध्यक्ष ख्याम ओलीले आर्थिक वर्ष २०८०/२०८१ मा समुहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले वन समुहमा वार्षिक रूपमा वन पैदावर, गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८०/२०८१ को बैक तथा नगद मौज्दातबाट समेत आम्दानी हुने २०८१/२०८२ को अनुमानित ४ करोड १४ लाख ६६ हजार तिन सय दुई रुपैयाँ बराबरको कार्ययोजना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले दुवै प्रतिवेदनका साथमा लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेका थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, कोशी प्रदेशका पुर्व कृषि मन्त्री हिरा थापा, कनकाई नगरपालिका कार्यपालिका सदस्य तथा कनकाई–३ को कार्यवाहक वडाअध्यक्ष कृष्णमाया भुजेल, सामुदायिक वन कोशी प्रदेश सदस्य ख्यामराज सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टी नेता शम्भु सुस्केरा, सल्लाहकार भीष्म मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवीहरू गोकर्ण ओझा, शम्भु पोखरेल, मनहरि बिमली, खेमराज कार्की, डिल्ली उप्रेती, मिनाल तिम्सिना, हरि सेढाईं, प्रेमप्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत वन समुहका उपाध्यक्ष ललितबहादुर कार्कीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समूहकी सचिव मान्ता काफ्ले खरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here