मेरो मित्र रोहित विगत केही महिनादेखि गुलियो खानेकुरा देख्ने बित्तिकै दुई हात हल्लाएर ‘नाइ म खान्न’ भन्छन् । उनलाई आफ्नी माता चियामा चिनि धेर हालेर चिया पिउने बानी भएकाले चिनी रोग लागेको हो भन्ने छाप मैले हटाउन सकिनँ । नेपालमा मधुमेह, जसलाई हामी प्रायः ‘चिनी रोग’ र ‘सुगर रोग’ भन्छौं, स्वास्थ्य क्षेत्रको एक गम्भीर चुनौतिको रूपमा देखापरेको छ । मधुमेह केवल वृद्धावस्थाका मानिसहरूमा मात्र सीमित रहने रोग होइन, यो सबै उमेरका मानिसहरूमा देखिन थालेको छ । तर, यस विषयमा समाजमा अझै धेरै भ्रम र गलत धारणाहरू छन् । जसले उपचार र रोकथामका प्रयासहरूलाई कठिन बनाएको छ । मधुमेहबारे यथार्थलाई बुझ्नाले हामीलाई सही उपचार, रोकथाम र जीवनशैली परिवर्तनका लागि सघाउ पु¥याउँछ ।
मधुमेह सम्बन्धी भ्रम :
मिठाई वा चिनीले मात्र मधुमेह हुन्छ । धेरै नेपालीले सोच्छन् कि चिनी वा मिठाई बढी खाँदा मधुमेह लाग्छ । यो सबैले मान्ने भ्रम हो । यथार्थमा, चिनीको सेवनले मात्र मधुमेह उत्पन्न हुँदैन । मधुमेहका दुई प्रमुख प्रकार छन् ः टाइप १ र टाइप २ मधुमेह । टाइप १ मधुमेहमा, शरीरले इन्सुलिन बनाउन सक्दैन, जसले गर्दा रगतमा चिनिको मात्रा असन्तुलित हुन्छ । यो वंशानुगत हुन सक्छ र प्रायः बाल्यकालमा देखिन्छ । टाइप २ मधुमेह भने शरीरले इन्सुलिनलाई ठीकसँग प्रयोग गर्न नसक्दा हुने समस्या हो । यसमा अस्वस्थ आहार, शारीरिक गतिशिलता कमी र मोटोपनाको महत्वपूर्ण भूमिका हुन्छ । नेपालमा टाइप २ मधुमेहका केसहरू प्रायः बढी देखिन्छ । यसको अर्थ, मिठाई, चिनी वा कार्बोहाइड्रेटको सेवनको मात्रा नियन्त्रणमा राख्नु जरुरी छ, तर यो एकमात्र कारण भने होइन । स्वास्थ आहार र नियमित शारीरिक अभ्यासमा ध्यान दिएर मधुमेहबाट बच्न सकिन्छ ।
मधुमेह लागेपछि जीवनभर इन्सुलिन लगाउनैपर्छ भन्ने भ्रम
धेरैको सोचाई छ कि मधुमेह भएपछि इन्सुलिनलाई अनिवार्य रूपमा जीवनभर प्रयोग गर्नुपर्छ । यथार्थमा, यो सबैको लागि आवश्यक छैन । इन्सुलिनको प्रयोग टाइप १ मधुमेह भएका व्यक्तिहरूमा बढी जरुरी हुन्छ, किनभने उनीहरूको शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन । तर, टाइप २ मधुमेह भएका धेरै व्यक्तिहरूले स्वस्थ आहार, व्यायाम, र जीवनशैलीको परिवर्तनबाट मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् ।
टाइप २ मधुमेहमा पनि यदि मोटोपना घटाउने, जीवनशैली परिवर्तन र औषधिले मात्र प्रभावकारी नहुने स्थिति आएमा, इन्सुलिन आवश्यक हुन सक्छ । तर, यो जीवनभरको लागि होइन र अवस्था अनुसार परिवर्तन हुन सक्छ । त्यसैले इन्सुलिनबारेको यो गलत धारणा सुधार गर्नु आवश्यक छ ।
मधुमेह भएका व्यक्तिले फलफूल खानु हुँदैन भन्ने भ्रम
धेरैजसो मधुमेही मानिसहरू फलफूल खान डराउँछन् । तिनीहरूको बुझाइमा फलफूलमा चिनीको मात्रा हुन्छ, जसले रक्तचिनी बढाउँछ । यथार्थमा, मधुमेह भएका व्यक्तिहरूले पनि स्वास्थ्यकर आहारमा फलफूल समावेश गर्न सक्छन् । केही फलहरूमा प्राकृतिक चिनीको मात्रा उच्च हुन्छ, जस्तै आम, अंगुर आदि । तर, ती स्वास्थ्यकर कार्बोहाइड्रेटका स्रोत हुन्, र त्यसमा पाइने भिटामिन, खनिज, र फाइबरले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । फलफूलको चयन र मात्रा सही हुने हो भने मधुमेहमा यसले सकारात्मक प्रभाव पार्छ । चिकित्सकको सल्लाह अनुसार फलफूललाई सन्तुलित रुपमा सेवन गर्न सकिन्छ, जसले रक्तचिनीलाई सन्तुलित राख्न सघाउ पु¥याउँछ ।
मधुमेह निको हुन सक्छ भन्ने भ्रम
नेपालमा अझै धेरैले सोच्ने गर्छन् कि मधुमेह उपचार गरेर पूर्णरूपमा निको पार्न सकिन्छ । यद्यपि विभिन्न उपचार पद्धतिले दाबी गरे पनि यथार्थमा मधुमेहलाई पूर्णरूपमा निको पार्न सम्भव छैन । यो रोगलाई नियन्त्रण गर्न सकिन्छ, तर पूरै निको पार्न हालसम्म वैज्ञानिक प्रमाणित विधि छैन । मधुमेहमा जीवनशैलीमा गरिएको सुधार, स्वस्थ आहार, नियमित व्यायाम र औषधिको प्रयोगले रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । यो दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैलीलाई निरन्तरता दिनु आवश्यक छ । स्वस्थ जीवनशैली अपनाएर मधुमेहको असरलाई न्यूनमा झार्न सकिन्छ र जीवनलाई सामान्य ढंगमा बाँच्न सकिन्छ ।
भ्रम : मधुमेहमा मात्र औषधि प्रयोग गरिरहे पुग्छ । कतिपयले विश्वास गर्छन् कि मधुमेहमा मात्र औषधि प्रयोग गरे पुग्छ र अरू जीवनशैलीमा परिवर्तन आवश्यक छैन । यथार्थमा, मधुमेह एक यस्तो रोग हो जसमा मात्र औषधिले सम्पूर्ण उपचार सम्भव हुँदैन । औषधिले रक्तचिनीलाई सन्तुलनमा राख्न मद्दत पु¥याउँछ । तर, मात्र औषधिमा निर्भर हुनाले दीर्घकालीन समस्याहरूको जोखिम बढ्न सक्छ ।
मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार, व्यायाम, तनाव व्यवस्थापन र पूर्ण निद्राको आवश्यकता हुन्छ । मधुमेही व्यक्तिले स्वास्थ्यकर आहार र नियमित शारीरिक गतिविधिमा ध्यान दिनुपर्छ । जसले औषधिमा निर्भरता कम गर्न सहयोग पु¥याउँछ । औषधिको साथमा जीवनशैलीमा सुधारले मात्र मधुमेहलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकिन्छ ।
भ्रमः मधुमेह लागेको भए शरीरको शक्ति कम हुन्छ । धेरैजसो मानिसहरूले सोच्ने गर्छन् कि मधुमेह भएमा शरीर कमजोर हुन्छ र काम गर्न सकिँदैन । यथार्थमा, मधुमेह भएको मानिस पनि सामान्य जीवनशैली बाँच्न सक्छ र विभिन्न प्रकारका शारीरिक गतिविधिमा संलग्न हुन सक्छ । मधुमेह भएको अवस्थामा शरीरमा ऊर्जा उत्पादनमा केही चुनौतीहरू हुन्छन्, तर सही जीवनशैली र आहारले यसलाई सामान्य बनाउन सकिन्छ । नियमित व्यायाम र सन्तुलित पोषणले शरीरलाई सशक्त बनाउन सहयोग पु¥याउँछ । मानसिक रूपमा सकारात्मक सोच राखेर नियमित रूपमा शरीरलाई सक्रिय राख्दा मधुमेहले काममा असर गर्दैन ।
भ्रमः मधुमेहबारे विशेषज्ञको सल्लाह बिना औषधि लिने चलन सामान्य हो । कतिपय मानिसहरू मधुमेहको उपचारमा विशेषज्ञसँग परामर्श नलिइकन आफ्नै मनले औषधि लिन थाल्छन् । यो अत्यन्त खतरनाक हो । यथार्थमा मधुमेहका लागि औषधिको प्रयोगमा चिकित्सकको सल्लाह लिनु अनिवार्य हुन्छ । रक्तचिनीको मात्रा नियमित रुपमा जाँच गराउन र औषधिको मात्रा निश्चित गर्न चिकित्सकीय परामर्श आवश्यक छ । मधुमेहले शरीरको विभिन्न अंगमा असर पार्न सक्छ, जस्तैः मुटु, मिर्गौला, आँखाको समस्याहरू । त्यसैले, विशेषज्ञको सल्लाह बिना औषधिको प्रयोग गर्नाले जटिलता उत्पन्न गर्न सक्छ । चिकित्सकको नियमित परामर्श, रक्तचिनीको मापन, र जीवनशैली सुधारले दीर्घकालीन समस्याहरूलाई कम गर्न मद्दत पु¥याउँछ ।
भ्रमः मधुमेह वृद्ध उमेरमा मात्र हुन्छ । नेपालमा धेरैले सोच्ने गर्छन् कि मधुमेह मात्र वृद्ध उमेरमा हुने समस्या हो । यथार्थमा, टाइप १ मधुमेह प्रायः बाल्यकालमा नै शुरु हुन्छ र टाइप २ मधुमेह किशोर र युवा उमेरमा पनि देखापर्न सक्छ । अस्वस्थ जीवनशैली, असन्तुलित आहार, र शारीरिक गतिशिलताको कमीका कारण युवाहरूमा पनि मधुमेहको जोखिम बढ्दै गएको छ ।
नेपालमा पछिल्लो समय युवा र किशोरहरूमा पनि मधुमेह बढ्न थालेको छ, जसमा जंकफूडको बढी सेवन र शारीरिक गतिशीलता कमी मुख्य कारण हो । त्यसैले सबै उमेरका मानिसहरूले मधुमेहबारे सचेत रहन आवश्यक छ र जीवनशैलीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । यसकारण निष्कर्षमा भन्न सकिन्छ कि सामान्यतः स्वस्थ व्यक्तिमा खालिपेटमा ७० देखि १०० mनरम िको मापन र खाना खाएर १४० आसपासको मापनभन्दा रगतमा चिनिको मात्रा बढी भएमा । डाइबिटिज या मधुमेह भन्ने गरिएता पनि उमेर देखिएको समय अवधि र अवस्थालाई मध्यनजर गरेर चिकित्सकले परिस्थिति मूल्याङ्कन गरी जीवनशैली परिवर्तन या औषधि चलाउनु पर्दछ ।
नेपालमा मधुमेहको समस्या तीव्रगतिमा बढिरहेको अवस्थामा यसबारेका भ्रम हटाउन र यथार्थ बुझ्न महत्वपूर्ण छ । मधुमेहलाई पूर्णरूपमा निको पार्न नसकिए पनि यसलाई सन्तुलित आहार, नियमित व्यायाम र चिकित्सकीय परामर्शद्वारा नियन्त्रणमा राख्न सकिन्छ । आजकै दिन म्ष्भदभतष्भक बलम धभिि दभष्लन भनेर २०२४ को नाराले समेत निरन्तर आजबाट सन् २०२६ सम्म जनताको स्वस्थ्यको पैरवी गर्ने । स्वस्थ्यता कायम गर्न भूमिका खेल्ने बताइएको छ । समाजमा रहेको भ्रमलाई हटाएर, जनचेतना बढाउन र सही जानकारी फैलाउन सकेमा यसबाट प्रभावित हुनेको संख्या घटाउन जोड दिएको छ ।
नेपालमा स्वास्थ्य शिक्षा र जनचेतनाको आवश्यकता झन् बढिरहेको छ । सरकारले पनि मधुमेह बारेका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ र स्वास्थ्यकर्मीहरूले समुदायमा यसबारे सही जानकारी पु¥याउन आवश्यक छ । मधुमेह जस्तो दीर्घकालीन रोगलाई नियन्त्रणमा राख्न व्यक्तिगत सचेतना र स्वस्थ जीवनशैली अत्यावश्यक छ, जसले दीर्घकालीन स्वास्थ्य समस्याबाट बच्न र स्वस्थ जीवन बाँच्न सहयोग पु¥याउँछ । दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो ।