कमल ।
कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले नदी बाट भएको क्षतीलाई रोक्न आफुलागि पर्ने बताउनु भएको छ ।
झापको कमल गाउँपालिका ३ सानो केर्खामा आज विहान कमल खोलाले पुर्याएको क्षतीको अनुगमन पछि स्थानिय संगको कुराकानीका क्रममा मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।
झापाका ५ वटा ठुलानदी मेची, विरिङ, कनकाई, कमल र मावा रतुवाको तटबन्ध गर्नेकाम संघिय सरकार मार्फत जनताको तटबन्धले हेर्ने भएतापनि कोशी प्रदेश भित्र पर्ने भएकोले यसलाई प्रदेश सरकारले चासो दिएको छ । त्यसैले यस ठाउमा तटबन्ध गर्नकालागी आवश्यक बजेट व्यवस्थापन गर्न आफु लागी पर्ने मन्त्री कार्कीले बताउनुभयो ।
झापाका ठुला ५ वठा नदीको तटवन्ध गर्ने गरी कार्यक्षेत्र तोकिएको भएपनि श्रोत सुनिन्चिता नभएका कारण हामिले अहिले नै केहि गर्न सक्ने अवस्था छैन । यदी नेपाल सरकारले आयोजनाले श्रोत सुचिन्चितकालागी माग गरेको २६ करोड रुपैया को श्रोत सुन्चिता गरिदिएको खण्डमा चालु आर्थिक वर्ष भित्र ठेक्का लगाएर सबै काम सम्पन्न गर्ने जनताको तटबन्ध आयोजना झापाका आयोजना प्रमुख विजय कुमार रेग्मिले बताउनुभयो ।
आफ्नो वडाका जनाता नदी कटानका कारण समस्यमा परेको भएपनि वडाको बजेटले यो काम गर्न सम्भव छैन । वडाको तर्फ बाट सम्बन्धित मन्त्रालय संग समन्वय गर्नेकाम हुदैछ । सम्बन्धित मन्त्रालयका मन्त्री बाट श्रोत सुनिन्चितताको पहल गरिदिने आश्वाशन प्राप्त भएको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।
खोलाका कारण बस्ति विस्थापित भएको २० औ वर्ष भई सक्यौं । वस्ति विस्थापित संगै खेति योग्य जमिन कटान गरेर नोक्सान समेत पुर्याको छ । तटबन्ध गरि पुन बस्ति बसाउनकालागी पहल गरेको समेत दर्शौ वर्ष भै सक्यौ तर अहिले सम्म उपलब्धि मुलक काम नभएको स्थानिय टिकाराम भण्डारीले बताउनुभयो ।
कमल खोलाको दायाँ तर्फ राजमार्ग देखी करिव एक हजार ६५० मिटर तटबन्ध गर्नका लागि डिपिआर भएको पनि तीन वर्ष भन्दा बढी भएको छ । अहिले सम्ममा जम्मा ५ सय मिटर मात्र तटबन्ध भएकोले छ ।