उत्पीडन, विभेद, ऋग्वेद र बौद्ध अभ्यास

0
44

सार:

त्यस्ता मानिस जसको जन्मसंगसंगै उत्पीडन र विभेद शुरु हुन्छ, त्यो प्रसंगलाई वेद र बौद्ध ज्ञानसंग जोड्न खोजिएको छ l उत्पीडन र विभेद समाज विकासको लागि अवरोध हो l परम्परागत रुपमा रहेको यो हानिकारक दुर्व्यवहारलाई अध्यात्मिक विकासले दुर गर्न सकिन्छ l सनातन धर्ममा रहेका असल दृष्टिकोणहरूलाई आत्मसात गर्न सके नेपाली समाज उत्पीडन र विभेद मुक्त हुनसक्छ l ऋग्वेद र बौद्ध ग्रन्थका असल उपदेशहरू वर्तमान मानव अधिकार र कानुनी प्रावधानका विषय वस्तु बनेका छन् l बाहिर भन्दा आफुभित्रै ज्ञान हरेक व्यक्तिमा हुन्छ l केवल खोज्न बाकी होl हरेक मानिसमा करुणा, मैत्री, मुदिता र समभाव हुन्छl त्यसलाई आफुभित्रैबाट खोज गरी प्रयोग गरिएमा नेपाली समाजमा हुने हरेक प्रकारको उत्पीडन र विभेदको अन्त्य हुने कुरा यस लेखमा उल्लेख गरिएको छ l

यस लेखका मुख्य शब्दहरू:

उत्पीडन, विभेद,प्रकार,सनातन, ऋग्वेद,सोंच, बौद्ध अभ्यास

उत्पीडन र विभेद:

मानिसद्वारा आ-आफ्नो समुहको मूल्य मान्यतामा आधारित रहेर एकले अर्कोलाई क्रियाकलापहरू अभिव्यक्त गरिन्छ l उपयुक्त नहुने,चित्त वा आत्माले स्वीकार्य नहुने व्यवहारहरू सबै उत्पीडन र विभेदहरू हुन् भन्न सकिन्छ lविभेद कुनै व्यक्ति वा समुदायसित कुनै अर्को व्यक्तिद्वारा गरिएको नियोजित हानिकारक दुर्व्यवहार हो l यो दुर्व्यवहार जाति, धर्म, नस्ल, लिंग,राजनीति वा कुनै आधारमा हुन सक्छlविभेद शोषण तब हुन्छ, जब एक सामाजिक समुहले अर्को समुहले उत्पादन गरेको कुरा आफैं लिन सक्षम हुन्छlउत्पीडनका धेरै रूपहरू हुन्छन् l ती मध्ये केहीलाई यहाँ  सूचीबद्ध गर्न सकिन्छ:

  • सामाजिक उत्पीडन: यो जातीयता, लैंगिकता र सामाजिक वर्गको आधारमा हुने उत्पीडन हो l यसमा सामाजिक स्तर, शक्ति र प्रतिष्ठाको आधारमा उत्पीडनलाई परिभाषा गरेका छन् Weber, M.(1978) lत्यस्तै Collins, P.H. (2000) ले Intersectionality को आधारमा महिलाहरूले भोग्ने बहु आयामिक उत्पीडनको चर्चा गरेकी छिन् l
  • आर्थिक उत्पीडन: कामदार र मालिक अर्थात् श्रमिक र पूँजीपति बीचको आर्थिक शोषणलाई बुझ्न सकिन्छ l यस सम्बन्धमा Marx,K. (1867) ले वर्ग संघर्ष र पूँजीवाद अन्तर्गत श्रमिकको उत्पीडनको व्याख्या र आधुनिक समयमा आर्थिक असमानता तथा त्यसले निम्त्याएको उत्पीडनबारे विश्लेषण गरेका छन् l
  • लैंगिक उत्पीडन: यसमा महिलाहरू र अन्य लैंगिक पहिचानमाथि गरिने उत्पीडनलाई समावेश गर्न सकिन्छ l यसमा Beauvoir, S. (1949) ले महिलाहरूको दोश्रो वर्गको रुपमा हुने उत्पीडनलाई स्पष्ट पारेकी छिन् l
  • राजनीतिक उत्पीडन: कमजोर वर्गमाथि सत्ताको दुरुपयोग हुन्छ l यसमा Foucault, M. (1977) ले शक्ति र ज्ञानको सम्बन्धले उत्पीडनलाई कसरी वैधता दिन्छ भन्ने व्याख्या गरेका छन् l
  • सांस्कृतिक उत्पीडन: यसमा एक संस्कृति वा समुहलाई दोश्रो दर्जाको रुपमा राख्ने प्रवृति हुन्छ lSaid, E.W. (1978) ले Orientalism मा पश्चिमेली दृष्टिकोणबाट अन्य संस्कृतिहरूको उत्पीडनलाई उजागर गरेका छन् l
  • धार्मिक उत्पीडन: धर्मको नाममा हुने भेदभाव र उत्पीडनलाई बुझ्न सकिन्छ l यस सन्दर्भमा Durkheim, E. (1912) ले धार्मिक संरचनाहरू कसरी उत्पीडनका उपकरण बन्न सक्छन् भनेर व्याख्या गरेका छन् l

विभेदलाई पनि विभिन्न रुपमा वर्गीकरण गर्न सकिन्छ:

  • जातीय विभेद: जातीयता, जातीय वर्ग वा वर्णको आधारमा हुने विभेद हो l यस सम्बन्धी Ambedkar, B.R. (1946). ले Annihilation of Caste मा बर्णन गरेका छन् l त्यस्तै गरी Weber, M.(1978) ले Economy and Society मा उल्लेख गरेका छन् l
  • लैंगिक विभेद: महिला, पुरुष र अन्य लैंगिक पहिचानको आधारमा हुने भेदभाव हो l यसबारे Butler, J. (1990) लेGender Trouble: Feminism and the Subversion of Identity मा प्रष्ट पारेकी छिन् l
  • सांस्कृतिक विभेद: एक संस्कृति, भाषा वा परम्परालाई अरु भन्दा उच्च ठान्ने प्रवृति हुन्छ l यसमा Said, E. W. (1978). ले Orientalism मा चर्चा गरेका छन् l
  • राजनीतिक विभेद: शक्ति र पहुँचको आधारमा हुने विभेदलाई राजनीतिक विभेदको रुपमा लिन सकिन्छ l यस सम्बन्धी Giddens, A. (1984). ले The Constitution of Society मा विश्लेषण गरेको पाइन्छ l
  • धार्मिक विभेद: यो धर्मको आधारमा गरिने भेदभाव हो l यस सम्बन्धी Durkheim, E. (1912). ले The Elementary Forms of Religious Life मा बर्णन गरेका छन् l
  • आर्थिक विभेद: धनी र गरिव वर्गबीचको असमानतालाई आर्थिक विभेद भनेर बुझ्न सकिन्छ l यस सम्बन्धमा Piketty, T. (2014).ले Twenty-First Century मा ब्याख्या गरेका छन् l

यसरी उत्पीडन र विभेदलाई हेर्ने दृष्टिकोणहरू फरक फरक छन् l अनेकौं उत्पीडन, विभेदहरू भएपनि नेपाली समाजमा लैंगिक, जातीय उत्पीडन र विभेद समाज विकासको लागि अवरोधको रुपमा रहेको छ l परम्परागत रुपमा विकास भएको विभेद अन्त्य गर्नका लागि धेरैलाई सकस परेको छ lयस लेखमा खासगरी लैंगिक र जातीय विभेदमा चर्चा गर्न खोजिएको छ l

रिग्वेदलाई सहि अर्थमा हेर्दा:

ऋग्वेद प्राचीन भारतीय सभ्यताको महत्वपूर्ण ग्रन्थ धेरै नै पुरानो मानिन्छ l यसमा धार्मिक, सामाजिक र नैतिक मुल्यमान्यताहरूको उल्लेख पाइन्छ l विशेषत:रिग्वेदले मानिसको कर्मलाई जीवनको मुल्यांकनको मुख्य आधारका रुपमा प्रस्तुत गर्छ l कर्मको आधारमा समानताको भाव केहि प्रसंग र श्लोकहरूबाट पनि पुष्टि हुन्छ lऋग्वेदमा मानव जातिको कर्तव्यलाई गहिरो तरिकामा बर्णन गरिएको पाइन्छ lसिन्धु सभ्यता र आर्य सभ्यतामा वेदको बारेमा रचनाकारहरूको भनाइहरू रहेको पाइन्छ l सृष्टिको आरम्भमा नै वेदको रचना भएको, सृष्टि बनाउने वा गर्ने र रचियताले अग्नी, वायु, आदिम तथा अंगिरा नामका चार ऋषिहरूलाई वेद बताएको कुरा उल्लेख छl वेद नै आदि र अन्त्य हो l वेद हर विषयको निर्भान्त ज्ञान हो l यो सबै भाषाको मूल भाषा “देव भाषा” मा लेखिएको छ l वेदमा भुत, वर्तमान र भविष्यका सबै कुरा छन् l वैदिक साहित्यको क्रमिक विकासलाई हेर्दा संहिता > चार वेद= ऋग्वेद- सामवेद- यर्जुवेद – अथर्ववेद भनेर पाइन्छ l जीवन, जगत र मानवको कर्तव्यबारे वेदको अध्ययनबाट ज्ञान प्राप्त गर्न सकिन्छ l वलदेव उपाध्याय(सन् १८९९-१९९९) ले वेद हाम्रो संस्कृतिको मूल श्रोत हो भनेका छन् l

यसरी चार वेदका ज्ञानलाई सहि अर्थमा बुझेर ब्यबहारमा लागु गर्ने हो भने उत्पीडन र विभेद न्यून गर्न सकिन्छ l”यज्ञो वै श्रेष्ठतमं कर्म l”( ऋग्वेद १.१६४.४६) lयो श्लोकले सबै कर्मलाई यज्ञको रुपमा हेर्दै त्यसमा समान सहभागिताको प्रोत्साहन गर्दछ lऋग्वेदमा महिलाको स्थान उच्च छ l महिलाहरूको सुत्र रचना गर्ने अवसर पुरुष सरह समान हुने कारणले रिग्वेद्मा महिलाहरूको योगदान महत्वपूर्ण छ (Thaper,2003)lऋग्वेदको १० औं मण्डल, पुरुष सुत्रमा श्रम विभाजनको सिद्धान्तको रुपमा विभाजन छ lकसैले यसलाई वर्ण उत्पतिको सिद्धान्तसित जोडेको पनि पाइन्छlयो जन्मसित सम्बन्धित भने होइन l समाज एउटा शरीर जस्तो मानिएको छ l ब्रह्माको मुख, बाहु, तिघ्रा, र पैतालाको रुपमा क्रमश: ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भएको ब्याख्या छ l यो ब्याख्यामा कर्मलाई लक्षित गरिएको हो l ब्राह्मणले शिक्षा प्रदान गर्ने, क्षेत्रीले रक्षा गर्ने, वैश्यले गृहस्थ र शुद्रले सेवा गर्ने कार्य भनिएको छ l ऋग्वेदमा कर्मको महत्वले व्यक्ति र समाजबीचको अन्तरसम्बन्धलाई प्रकट गर्छ, जातीय वा वर्गीय भेदभावको ठाउँ घटाउँछ (Doniger, 2005) lDonigerले अझै थप्छिन्, प्राचीन हिन्दु धर्म धेरै स्वतन्त्र छ l

रिग्वेदले कर्मलाई मानिसको वास्तविक पहिचानको आधार मान्छ l “कर्मणि प्रथिता यज्ञस् हेतव:l” (ऋग्वेद १.१६४.५०)यस भनाइलाई आधार मान्ने हो भने अहिलेका दलित भन्न मन पराउने वर्ग विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने कर्ममा छन् भने ब्राह्मण भन्न मन पराउने वर्ग दिसापिसाब परिक्षण गर्ने र रोगीको सेवा गर्ने कर्ममा पनि छन् lयो कर्मलाई सकारात्मक सोंचले हेरिनु आवश्यक छ l तर अहिलेको सामाजिक सोंचमा हेर्ने हो भने मानिसको हैसियत कर्ममा होइन,जात, जन्म र वंशमा अल्झिएको देखिन्छl

शुद्ध र अशुद्ध मानिसको भ्रम मात्र हो lतर सफा हुन आवश्यक छ lपुरै शरीरलाई नुहाएर सफा राखेको केहि मिनेट वा घण्टामै मुखबाट रयाल-थुक, खकार आउने, नाकबाट सिगान आउने, छालाबाट पसिना आउने वा  सम्बन्धित द्वारबाट दिसा पिसाब आउने जस्ता चिजहरूले मानिसलाई फोहोरी बनाउँछ l मानिसको शरीर कहिल्यै शुद्ध हुन सक्दैन, सफा बाहेक l

रिग्वेदकालिन समाजमा वर्णभन्दा कर्मलाई माथि मानिन्थ्यो भन्ने झल्को पाइन्छ, जुन समाजको गतिशिलतालाई दर्शाउँछ(Witzel, Michael 1997)l

आजको युगमा मानिस Big Bang Theory देखि विभिन्न Theory सम्मको  विकासमा पुगेको अवस्था छ lनयाँ युगको विकासको अनुभव छ l तीब्र भौतिक विकासपनि भएको छ तर अध्यात्मिक विकास भने सुस्त छ l भौतिक विकासमा जे विकास हुनु पर्ने त्यो भइरहेको छ l तर अध्यात्मिक विकासमा जे हुनुपर्ने त्यो भइरहेको छैन l समाजले दिएको शब्दव्यक्तिमा थपिएको छlती थपिएकोशब्दहरूले बिचार बन्छ l त्यहि बिचारहरूबाट सोंच बन्छ, जसमा व्यक्ति अभ्यस्थ(Conditioning) भइरहेको हुन्छ(Timilsina, 2024)l परम्परागत सोंचले अध्यात्मिक विकासमा बाधा पुगेको छ र विभेदले निरन्तरता पाइरहेको छ l

बौद्ध मार्गी अभ्यास:

बौद्ध धर्ममा पनि विभेद छ l शिष्यले गुरुलाई छुन निषेध छ lतर बुद्धले अरु भिक्षुको सहयोगमा बिरामी भिक्षुको शरीर मनतातो पानीले नुहाएर सफा गरि दिए र पिप लागेका बस्त्र धोएर घाममा सुकाइ  दिएका थिए (पौड्याल, २०८०) lयो प्रसंगलाई हेर्दा, समस्या पर्दा मात्र छुन मिल्ने भन्ने हो ? विभेदको प्रश्न यहाँ पनि छ lमहिला र पुरुषबीच दुरी कायम गर्नुपर्छ l महिलालाई अनुहारमा होइन, घुडादेखि मुनि हेर्नुपर्छ l महिला भिक्षुणीले ८ वटा कडा नियम पालना गर्नुपर्छ lयी कुराहरू बुद्ध धर्ममा छन् lयी कुरालाई हेर्दा यस धर्ममा लैंगिक विभेदलाई महिलाकै सुरक्षाको लागि सहज गरिएको देखिन्छ l

यी विभेद भएपनि जातीय विभेद भने शुन्य नै पाइन्छ lबुद्धले मान्छे जन्मनासाथ उच्च वा नीच जातिमा दर्ता भइहाल्ने तत्कालिन समाजमा प्रचलित परम्परालाई कत्ति पनि महत्व दिदैनथे l जुनसुकै सुकेको काठबाट अग्नि उत्पन्न गर्न सकिए झैँ तथाकथित उच्च, नीच, जुनसुकै जातिको मान्छे पनि उत्तम कार्य र आचरणले पूज्य हुन्छ भन्ने उनको मान्यता थियो (पौड्याल,२०८०)lबौद्ध जब बुद्ध धर्ममा विकास भयो, खासगरी महायान र बज्रयान शाखामा समाजका केहि परम्परागत रुढिवादीविचारहरू थोरै भएपनि जीवित रहेको पाइन्छ l

बौद्ध सिद्धान्तमा करुणा, समानता र अहिंसाको आधारभूत मान्यता रहेको छ lयहाँ उत्पीडन र विभेदबिरुद्ध बौद्ध मार्गी दृष्टिकोणलाई अर्थ्याउन खोजिएको छ l बुद्धले खोजी गर्नु भएको चार आर्य सत्यद्वारा दुखको कारण र निवारणको मार्ग देखाउनु भएको छ l यी शिक्षाहरू सम्पूर्ण मानव जातिका लागि गरिएको थियो l यो शिक्षा भेदभाव बिना नै अध्ययन गर्न पाइन्छ l

बुद्धका आर्यअष्टाँगीक मार्गद्वारा सहि दृष्टिकोण,सहि जिविका,सहि संकल्प जस्ता कार्यले शील, समाधि र प्रज्ञामा रहेर सम्पूर्ण प्राणीहरूको दुखलाई निको पार्ने र न्याय प्रोत्साहन गर्नेमा जोड दिएको देखिन्छ l प्रज्ञामा करुणा, मैत्री, मुदिता र उपेक्षा जस्ता स्तम्भहरू छन् जसले अरुको पीडालाई आफ्नै पिडा जस्तै बुझ्ने, अरुको खुशीमा आफु पनि खुशी हुन सक्ने र राग-घृणालाई त्यागेर मध्य मार्गबाट तटस्थ भइ हेर्ने अभ्यासले उत्पेदन र विभेदलाई घटाउँछl यो स्वभाव नै धर्म हो (Goenka,S.N.) lयस्ता अभ्यासले कोही कसैलाई उत्पीडन र विभेद हुदैन कि भन्ने देखिन्छ l

निष्कर्ष:

मानिस जन्मदा निर्दोष र निष्कलंकसाथ जन्मिन्छ l तरमानिसलाई बाहिरी समाजको वातावरणले उसभित्रको तटस्थभाव (सत्य ज्ञान) लाई छोपी दिन्छ अर्थात् सोंचमा परिवर्तन ल्याई दिन्छ l आफुभित्र सत्यज्ञानको खोजी गर्न नसकेर अज्ञानका कारण पीडा हुने, अरुको पीडा पनि बुझ्न नसक्ने हुन्छl फलस्वरूप घृणा पैदा हुन्छ l घृणाले विभेद शुरु हुन्छ l यस्ता अभ्यस्थ सोंचमा परिवर्तन ल्याउन सनातन धर्म ग्रन्थका असल उपदेश र शिक्षाले मद्दत पुर्याउँछ l यसरी परिवर्तन भएको सोंचमा तटस्थभावले प्रवेश गर्छ, जसले गर्दा घृणा र द्वेषलाई नष्ट गर्न सकिन्छlप्राचीन ग्रन्थ ऋग्वेदर बौद्ध शिक्षाको सहि अर्थ र दृष्टिकोणको अभ्यासले नेपाली समाजलाई उत्पीडन र विभेदबाट मुक्त गर्न सकिन्छ l

सन्दर्भ श्रोतहरू:

  • पौड्याल, उमाकान्त l “बुद्धकालीन समाज” २०८० l
  • Doniger,Wendy.”The Rigveda: An Anthology.” Penguin

classics,2005.

  • Timilsina, Manju. “‘The Women Place in Buddhism”
  • Thaper, Romila. “Early India: From the Origins to AD 1300”
  • Witzel, Michael. “Vedic Texts and the Origins of Caste.” Journal of Asian studies, 1997.
  • Goenka, S.N. “The Art of Living: Vipassana Meditation as Taught by S.N.Goenka.” Harper One, 2000.
  • “Buddhism and Social Justice” Buddhistdoor Global. Accessed 7 Dec.2024. Online Reference.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here