प्रकाश र परीक्षाले शुरु गरे ‘सोल्टिनी’को छायांकन

0
10

इलाम ।

अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को छायांकन शुरु गरिएको छ । मंगलबार इलामको रोङस्थित पाथीभरा मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि छायांकन थालिएको हो । ३१ दिनको तालिकामा इलाम तथा भोजपुरमा फिल्मको छायांकन हुने निर्देशक सुवेदीले बताए ।

मन्दिर परिसरमै फिल्मका लागि पहिलो शट अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बू र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले दिए । फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको अभिनय रहनेछ ।

दुई फरक जातीय पृष्ठभूमिका पात्रको वियोगान्त प्रेमकथा भन्ने फिल्ममा प्रकाशले भीमसेन पोखरेल र परीक्षाले दिलासा राईको मुख्य भूमिका निभाउनेछन् । फिल्मको कथा उनीहरुमै केन्द्रित रहनेछ । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । सुसन प्रजापतिको छायांकन रहने फिल्मको गीतमा प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् ।

फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । रेजिना बिष्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here