कृषि थोक बजार व्यवस्थापन समितिका पूर्ब अध्यक्ष पौडेल अख्तियारको दायरामा

0
3

झापा । कृषि थोक बजार व्यवस्थापन समितिका पूर्ब अध्यक्ष कमल पौडेल विरुद्ध भष्ट्राचार गरेको आरोप लागेको छ । वजार एरिया भित्र शौचालय निर्माण , कोल्डस्टोर निर्माण र बजार भित्रका पसल आफूलाई लाभ हुुने ब्यक्तिलाई मात्रै दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । अख्तियारमा उजुरी पसंसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दश दिन भित्र आवश्यक कागजात सहित पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।
कृषि बजार व्यवस्थापन समितिलाई समेत पत्रचार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले योजनासंग सम्वन्धित बजेट, खरिद बिक्री सम्झौता, नापी किताव, कार्यसम्पन्न प्रतिवेदन, खर्च गरेको देखिने बील भर्पाई, अन्तिम भुक्तानीको गोश्वरा भौचर लगायतका कागजात माग गरेको हो ।
पूर्ब अध्यक्ष पौडेल समेतको मिलोमत्तोमा वजार एरिया भित्र १५÷१६ लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरी ३७÷३८ लाख रुपैयाँको बजेट पास गरेको उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको हो । त्यस्तै प्रदेश सरकारबाट कोल्डस्टोर निर्माणमा प्राप्त बजेट अनुसारको काम नगरेको पौडेलमाथि आरोप छ ।
पौडेलले आफूलाई लाभ हुने व्यक्तिलाई मात्र बजार भित्रका पसलहरु बितरण गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पसलेहरुसंग गरिएको सम्झौता, निर्माण लगायतका आवश्यक कागजात समेत मगाएको बुझिाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here