महिला चेतना बहुउद्दश्यीयको २१औं साधारणसभा सम्पन्न

0
20

अर्जुनधारा, झापाको अर्जुनधारा–७स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिकी अध्यक्ष निलाकुमारी दाहालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष दाहालले संस्था सञ्चालक समितिको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन, व्यवस्थापक उमादेवी थापाले बजेट, वार्षिक नीति तथा कार्यक्रम र लेखा समितिकी संयोजक हुमा गौतम पाखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको शेयर पूँजी दुई करोड ४७ लाख ९२ हजार दुई सय रुपैयाँ, निक्षेप १० करोड ३४ लाख ६७ हजार तीन सय ७१ रुपैयाँ, कर्जा लगानी नौ करोड ६७ लाख १५ हजार छ सय ४७ रुपैयाँ, जगेडा कोषमा एक करोड ३३ लाख ४० हजार तीन सय १९ रुपैयाँ, अन्य कोषमा ९२ लाख ३६ हजार सात सय ३५ रुपैयाँ र कर्जा जोखिम कोषमा ५३ लाख ४० हजार आठ सय २१ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा उत्कृष्ट बाल बचततर्फ अविसा पराजुली, कृतिका विष्ट, विनम चौहन र सारिका चौहन, उत्कृष्ट बचततर्फ खड्गकुमारी पौडेल, तिलरुपा भट्टराई र सुगीया दनुवार, असल ऋणीतर्फ नरीमाया सार्की, रेणुका डाँगी पौडेल, विनाकुमारी राजवंशी, विमलादेवी विश्वकर्मा र सुनिता उप्रेती तथा ज्येष्ठ सदस्य टीकाकुमारी कट्टेल, तिलरुपा कटुवाल र पदमकुमारी श्रेष्ठलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नगर सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, वडा सदस्य पार्वता भट्टराई न्यौपाने, नगर पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीलगायतको आतिथ्यता रहेको थियो । समितिकी उपाध्यक्ष भोलादेवी भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here