झापा, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा विहीवार रक हेड्स व्याण्डको प्रस्तुति रहने भएको छ ।
पछिल्लो युवा पुस्ताले सर्वाधिक रुचाएको व्यााण्डलाई बिर्तामोड महोत्सवमा भित्र्याइएसंगै दर्शकको उपस्थिति उल्लेख्य रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ । संगीतमा रमाउनेहरुका लागि बिर्तामोड महोत्सवमा रक हेड्सले लाइभ प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्ने बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत महोत्सव आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले जानकारी दिए ।
२०१० मा गठन गरिएको ब्यान्डले अहिले रक क्षेत्रमा तहल्का मच्चाएको छ । शुरुमा ठमेलमा द ठमेलमा गिग बजाउन थालेको यो ब्याण्डले २०२० मा आफ्नो अद्वितीय आवाजको साथ नेपाली रक संगीतको मूलधारमा प्रवेश गरेको हो ।