विद्यालयलाई थप कक्षा अनुमति कानुन र मापदण्ड हेरेर दिइन्छ: नगरप्रमुख गुरागाईं

0
13

बिराटनगर,

माेरङकाे सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयहरू नियमसंगत रूपमा सञ्चालन हुनुपर्ने बताएका छन्। बुधबार वडा नम्बर १० मा रहेको रोजाई मन्टेश्वरी स्कुलको तेस्रो अभिभावक दिवसको अवसरमा बोल्दै नगरप्रमुख गुरागाईले बताएका हुन्।

उनले शिक्षा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै नगरपालिकाले अभिभावक काउन्सेलिङका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले भने, “उहिले हामीले घाँस काटेर, मेलापात गरेर स्कुल पढ्नुपर्ने बाध्यता थियो, तर अहिलेका बालबालिका अभिभावकको प्राथमिकता बनेका छन्। उनीहरूलाई अहिलेकाे युग सुहाउँदो शिक्षा घरबाटै दिन अभिभावक काउन्सेलिङ पालिकाले दिदैछ।”

रोजाई मन्टेश्वरीका निर्देशक महेश आचार्यले नगरपालिकाबाट अनुमति प्राप्त गर्न कठिनाई भएको गुनासो गर्नुभएको थियो। हाल कक्षा १ सम्म सञ्चालन अनुमति रहेको यस विद्यालयका सम्बन्धमा नगरप्रमुख गुरागाईंले शिक्षा ऐनको मापदण्ड पूरा भएमा थप कक्षा सञ्चालनको अनुमति दिने स्पष्ट परे।

“शिक्षा समितिले अनुगमन गर्दा भौतिक पूर्वाधार उपयुक्त भएमा हामीले रोक्ने छैनौं,” उनले थपे। “म कुनै भीड, उत्तेजना वा आवेगले निर्णय गर्ने छैन। न्यूनतम मापदण्ड पूरा भएपछि मात्रै अनुमति दिइनेछ।”

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले नीति नियम र कानुन अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयले विद्यार्थीको पठनपाठन, सुरक्षा, शिक्षक तथा कर्मचारीका विषयमा केन्द्रित हुनुपर्ने बताए।

कार्यक्रममा साना विद्यार्थीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेका थिए। अहिले समस्याकाे रूपमा रहेकाे हात्ती र मानव विचकाे द्वन्द्वका विषयमा नाटक मन्चन गरिएको थियो । बाँच र बाँच्न देउ भन्ने याे नाटकले हात्ती र मानवका बिचमा हुने द्वन्दलाई उठान गरिएको थियो ।

याे विद्यालयले व्यवहारिक शिक्षामा जोड दिँदै आएको र अटिजम भएका बालबालिकाका लागि आंशिक रूपमा विशेष कक्षा सञ्चालन गरिरहेको निर्देशक आचार्यले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समित अध्यक्ष भिमप्रसाद आचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here