लालिमाले मनायो २८ औं वार्षिक उत्सव

0
93

कमल ।

विद्यालयको वार्षिक उत्सव भन्नासाथ गायन, नृत्य भाषण लगायतका कार्यक्रममा सीमित हुने गर्दथ्यो । तर, झापाको कमल गाउँपालिका ३ स्थित लालिमा बोर्डिङ स्कुलले भने आज आफ्नो २८ औं वार्षिक उत्सव फरक तरिकाले मनाएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रम गायन, नृत्य, भाषण भन्दा पनि विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुभवमा आधारित सिकाइको अवसर प्रदान गरिएको थियो ।

जसमा विद्यार्थीहरूको शैक्षिक ज्ञानका साथै व्यवहारिक रूपमा समेत सक्षम बनाउन कला, हस्तकला, कृषि, विज्ञान, उद्यमशीलता तथा सांस्कृतिक सम्पदा संरक्षण जस्ता विविध क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर समेत प्रदान गरिएको थियो ।

यस्ता व्यवहारिक कृयाकलापले विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुभव–आधारित सिकाइको अवसर प्रदान गर्दछ भने विद्यार्थीको शैक्षिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न सक्षम बनाउँने विद्यालयका फाउण्डर प्रिन्सिपल गौरिमान फागोले बताउनु भयो ।

अन्तर विषयगत, तथा समावेशी पाठ्यक्रम एकीकरणको अवधारणामा आधारित कार्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनमा जोड्न सक्षम बनाउँछ । यसले शिक्षा प्रणालीलाई एकीकृत गर्दै विभिन्न विषयहरूलाई परस्पर जोड्ने वातावरण समेत सिर्जना गर्दछ, जसले विद्यार्थीहरूलाई समग्र रूपमा अवधारणा बुझ्न सहयोग पुग्ने प्रिन्सिपल फागोले बताउनु भयो ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले आफ्ना विद्यार्थीलाई कला, सङ्गीत, नृत्यका साथै विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । जसले गर्दा भविष्यमा विद्यार्थीलाई मनोरञ्जन सहित सुन्दर जीवन यापन गर्न ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा गरिएको यस्ता कार्यक्रमले विद्यार्थीको, कला, सङ्गीत, नृत्य का साथै एक आपसमा सहकार्यको भावना विकास हुन्छ । समुदाय तथा अभिभावकहरूको संलग्नता मजबुत पार्ने, विद्यार्थीहरूलाई सिर्जनशीलता तथा नवीनताको अभिव्यक्तिका लागि मञ्च प्रदान गर्ने, परियोजना–आधारित अनुभव आदान प्रदान गर्नुका साथै सिर्जनशीलता, समर्पण तथा समग्र सिकाइको अनुभव आदान प्रदान गर्न विद्यार्थीलाई अवसर प्रदान गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here