युएईमा १६६ नेपालीलाई आममाफी

0
12

योगेन्द्र योगी
बिराटनगर,

संयुक्त अरब इमिरेट्स (यूएई) को बन्दीगृहमा रहेका १६६ जना नेपालीले आममाफी पाएका छन् । मुस्लिम धर्मालम्वीहरुको पवित्र महिना रमादानको अवसर पारेर युएई जेलमा बिभिन्न अभियोगमा पक्राउ परेका १६६ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युएईका राष्ट्रपति शेख मोहम्मदले बन्दी जीवन बिताइरहेका नेपालीलाई आममाफी जनाएको छ। मन्त्रालयले विज्ञप्त जारी गर्दै युएई सरकारप्रति आभार प्रकट गरेको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अबुधाबीस्थित नेपाली दूतावास मार्फत उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो। युएईको विभिन्न कारागारमा बन्दी जीबन बिताईरहेका नेपाली श्रमिकले आममाफी पाए पनि उनीहरु के कसुरमा जेल जीबन बिताईरहेका थिए भन्ने बारे केहि खुलाईएको छैन । युएईले केहि नखुलाए पनि मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेकाहरुलाई माफी दिएको हुनसक्ने अनुमान गरिएको छ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग दूतावासले आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको बताईएको छ। यसअघि नै कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका १८ नेपालीलाई आममाफी दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here