माईमा डेढ महिने ब्यूटीपार्लर तालिम

0
220

इलाम ।

माई नगरपालिकामा डेढ महिने ब्यूटीपार्लर तालिम सम्पन्न भएको छ ।

माई नगरपालिका इलामको आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा गरिबी निवारणका लागि लघुउद्योग विकास कार्यक्रम (मेडपा) अन्तर्गत आधारभूत ब्युटीपार्लर सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको हो ।

डेढ महिने ब्यूटीपार्लर तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी भट्टराई, माई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेमबहादुर लायो मगर लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर भण्डारीले शिव मात्र नभएर क्षमता विकास पनि सक्रिय भएकोमा सहभागीलाई धन्यवाद दिँदै महिला हिम्मत साथ यसरी अगाडि बढ्न सक्यो भने अरुको हात थाप्नु नपर्ने बताए । सिकेका सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै तालिमले आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले आगामी दिनमा थप एडभान्स तालिमका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी भट्टराईले सिपले मानिसको जीवनमा बहुआयामिक परिवर्तन ल्याउन सहयोग गर्ने र परिवार, समाज र राष्ट्रमा पारिवारिक, आर्थिक र सामाजिक अवस्था माथि उठाउन सहयोग गर्ने बताए । उनले व्यवसाय सञ्चालन र थप दक्षता प्रदान गर्न नगरपाालिका सकारात्मक रहेको बताए ।

प्रशिक्षकहरु दृष्टिका श्रेष्ठ, अस्मिता राई र रोश्नी मल्लले तालिम प्रदान गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भट्टराई, माई नगरपालिका वडा सदस्यहरु महेन्द्र बुढाथोकी, कल्पना विश्वकर्मा, कार्यपालिका पूर्व सदस्य कुमारी रैका, पत्रकार विमल दहाल लगायतले शुभकामना दिएका थिए ।

वडाध्यक्ष हेमबहादुर लायो मगरको अध्यक्षता, सहभागी नम्रता बरालको सञ्चालन, मेडपा कार्यक्रम संयोजक निकि मेचेको संयोजन र सीता भट्टराईले स्वागत गरेको कार्यक्रममा माई नगरपालिका वडा नम्बर ४ र ५ भित्रका ४२ जना सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here