कमल ।
झापाको कमल गाउँपालिकाकामा सञ्चालित उद्यमशीलता विकास तालिम समापन भएको छ । कमल गाउँपालिकाका रोजगार सेवा केन्द्रको आयोजनामा सात दिने स्वरोजगार प्रबद्र्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत उद्यमशीलता विकास तालिम औपचारिक कार्यक्रमका बीच मंगलबार समापन गरिएको हो ।
तालिममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको लागि पुन ः एककीरण कार्यक्रम रेमी अन्तरगत सञ्चालित तालिमको दोश्रो चरण अन्तरगत सञ्चालन भएको तालिममा गाउँपालिकाका ५,६ र ७ नम्बर वडाका २० जना युवाहरू सहभागी रहेका थिए ।
यस्ता तालिमले सहभागीको ज्ञानसिप को विकास गर्नुका साथै व्यवसायीलाई आफ्नो व्यवसाय प्रवद्र्धन गर्न थप उर्जा प्रदान गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो । त्यस्तै अहिलेको आर्थिक मन्दीका समयमा व्यवसाय सञ्चालन गर्न समस्या भएको अवस्थामा आफ्नो व्यवसायलाई कसरी सञ्चालन गर्ने भन्ने समेत तालिम बाट तपाईँहरूलाई ज्ञान भएको अध्यक्ष राईले बताए ।
व्यवसाय सञ्चालन गरेर आएको रकम बचत गर्नु नै ठुलो कुरा हो । धेरै कमाउनु भन्दा पनि बचत कति गर्न सकियो त्यो प्रमुख कुरा हो । यो सात दिनको अवधिमा तपाईँहरूले व्यवसाय सञ्चालन गर्दा देखी आइपर्ने धेरै चुनौतीहरूका बारेमा व्यवहारिक रूपमै सिक्नु भएको छ । त्यसलाई आफ्नो व्यवसायमा प्रयोग गरेर सफल व्यवसाय बन्न कमल गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष नरेन्द्र भट्टराईले सहभागीलाई सुझाव दिए ।
आफूभित्र रहेको क्षमतालाई प्रयोग गरी स्वदेशमै स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयो गरी कसरी उत्पादन गर्ने, व्यवसायीका योजना निर्माण कसरी गर्ने, पारिवारीका बजेट निर्माण, व्यवसाय सुरु गर्नु भन्दा पहिला ध्यान दिनुपर्ने कुरा हरु ,व्यवसाय सुरु गर्दा आई पर्ने समस्याको समाधान गर्ने उपाय, लगायतका विषयमा आफु हरुले धेरै कुरा सिकेको र घरमा मोबाइल चलाएर खेर जाने समयलाई सदुपयो गर्दै व्यवसाय सञ्चालनमा आत्मबल प्राप्त भएको सहभागी चन्द्र प्रसाद सुब्बाले बताए ।
व्यवसाय सञ्चालन गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सिक्यौ भने आर्थिक अवस्था कमजोर भएको अवस्थामा पनि व्यवसायलाई कसरी टिकाई राख्ने भन्ने विषयमा समेत प्रयोगात्मक विधिबाट सिकेको अर्का सहभागी उर्मिला राईले बताईन् ।
सहभागीलाई सहजकर्ता द्वय दिवेश कुमार चौधरी र आनन्दसिंह खवासले सहजीकरण गरेका थिए । वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले विदेशमा सिकेको सीप र प्रविधिलाई आफ्नै ठाउँमा प्रयोग गरी कसरी उत्पादन गर्ने र आफू स्वरोजगार हुने भन्ने विषयमा नयाँ कुरा सिकेका छन् ।