अम्रिया खनालको रुचिको क्षेत्र मोडलिङ पनि

0
418

 

ललितपुर, सातदोबाटोकी अम्रिया खनाल स्टाफ नर्स हुन् ।

anamika-1fनर्सिङमा स्नातक गरिरहेकी खनालको रुचिको क्षेत्र मोडलिङ पनि हो । उनले नर्सिङसँगै मोडलिङ गर्न थालेको तीन वर्ष भयो । यो अवधिमा उनले बहुराष्ट्रिय कम्पनीका थुप्रै उत्पादनका विज्ञापनमा काम गरिसकेकी छिन् । ‘विज्ञापनमार्फत मोडलिङमा प्रवेश गरेकी हुँ,’ उनी भन्छिन्, ‘विज्ञापनमै अभिनय गर्न रमाइलो लाग्छ ।

anamikaनर्सिङ पेशालाई चटक्कै छोडेर मोडलिङमा मात्र लाग्ने सोच छैन । यो मेरो सोखको क्षेत्र हो । मोडलिङ गरेरमात्र जीवन धान्न अझै कठिन छ ।’ विज्ञापनमा काम गर्दा पारिश्रमिक पनि राम्रो पाइने र काममा पनि सिर्जनशीलता हुने भएकाले रमाइलो लाग्ने उनी बताउँछिन् । उनले शुक्रवार साप्ताहिकको मध्यपृष्ठका लागि समेत तस्बिर खिचाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here