दुर्गा पूजाको वचत रु.८६,५२४

0
72

बिर्तामोड ।

झापाको बिर्तामोड १ जगतवस्ती शान्तिटोलस्थित दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिले दुर्गा पूजा समारोह २०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ ।

समितिले पूजामा एक लाख ७१ हजार दुई सय ३४ रुपैयाँ आम्दानी गरेको र ८४ हजार सात सय १० रुपैयाँ खर्च भई ८६ हजार पाँच सय २४ रुपैयाँ वचत रहेको समितिका अध्यक्ष लव बस्नेतले जानकारी दिए ।

समितिका सचिव भवानी प्रसाईका अनुसार स्थानीय दाताबाट एक लाख ५७ हजार चार सय २३ रुपैयाँ आम्दानी भएको थियो । दान पेटिका बाकसबाट तीन हजार पाँच सय १० र ३) दैनिक भेटीबापत १० हजार तीन सय एक रुपैयाँ आम्दानी भएको थियो ।

खर्च तर्फ गुरु दक्षिणा रु.२८०००, नौ कन्यालाई दक्षिणा रु.५००, दैनिक गुरु दक्षिणा रु.२९७५,पूजा सामग्री खरिद रु. २०१२५, साउण्ड सिस्टम रु.२००००, साग सब्जी लगायत रु. ५५५० र अन्य विविध खर्च रु.७५६० भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here