एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

0
52

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र–१ खार खोलाका २७ बर्षीय संजिव राईले एटीएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here