फूलबासा कृषि सहकारीको साधारण सभा

0
70

चारआली ।

फुलबासा कृषि सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाले यामकान्त प्याकुरेलको अध्यक्षतामा नौ सदस्य कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कमला भण्डारी रहेका छन् भने सदस्यहरुमा कल्पना रिजाल, कुसुम कटवाल, कमल बराल, गणेश गौतम, छत्रपति रिजाल, कृष्णप्रसाद सिग्देल र नन्दकेसर बराल रहेका छन् ।

झापा जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक मेचीनगरका प्रमुख प्रेमकुमार श्रेष्ठ, सोही सहकारीका पूर्व अध्यक्ष लक्ष्मी सिग्देल, पूर्वी पाथीभरा सहकारीका अध्यक्ष विश्वनाथ धिताल र पूर्वाञ्चल दैनिकका संवाददाता टेकेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गुरुभक्त घिमिरेको संयोजकत्वमा लोकेन्द्रकुमार आचार्य, लक्ष्मी श्रेष्ठसहितको तीन सदस्य लेखा समिति समेत चयन गरेको छ ।

मेचीनगर–१३ चारआलीमा अवस्थित फुलबासा, कृषि सहकारी संस्थामा कुल एक हजार एक सय ९६ सेयर सदस्य रहेका छन् । स्थानीय सहिद दशरथ चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलको संयोजकत्वमा रहेको तीन सदस्य निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीको घोषणा गरेको हो ।

अध्यक्ष यामकान्त प्याकुरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक गोपाल सिग्देलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here