गृहिणीको पहिलो रोजाई बन्यो ‘एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट’

0
72

झापा, ग्राहकलाई सहज रुपमा सेवा दिने उद्देश्यले सञ्चालनमा आएको ‘एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट’ गृहिणीको पहिलो रोजाई बनेको छ ।
झापाको बिर्तामोडस्थित मुक्ति चोक पश्चिम–उत्तर, विशाल बजारको नजिकै सञ्चालनमा आएको यो मार्ट गृहिणीदेखि युवापुस्ता, परिवारदेखि व्यवसायिक घरनाका ग्राहकहरूका लागि अत्यन्त उपयोगी रहेको पाइएको हो ।
मार्टले बजार मूल्यभन्दा सस्तो दरमा दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । यसमा विशेषगरी किचन सामग्री, चिनी, तेल, मसला, खाना पकाउने उपकरण, फलफूल तथा तरकारी, लत्ता कपडा, जुत्ता–चप्पल लगायतका सबै सामग्री समावेश छन् ।
यो मार्टमा भारतीय बजार मूल्यमा उपभोग्य वस्तु खरिद गर्न सकिने भएपछि गृहिणीदेखि युवापुस्ता सम्मले रुचाएका छन् । मार्टमा विशेष आकर्षणको रूपमा चिनी, तेल, दाल, चामल लगायतका अत्यावश्यक वस्तुहरू भारतीय बजार मूल्यमा उपलब्ध हुने मार्ट सञ्चालक चान मोहमदको भनाई छ ।
बजारको चाप र महँगीबीच गुणस्तरीय वस्तु सस्तोमा उपलब्ध गराउनु नै मार्टको प्रमुख लक्ष्य रहेको सञ्चालकहरूले बताउँदै आएका छन् ।
गुणस्तरीय सेवा र विशेष छुटका कारण ग्राहकको पहिलो रोजाइमा यो मार्ट परेको हो । ‘एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट’ ले गुणस्तरीय फलफूल तथा तरकारीहरू सुलभ मूल्यमा दिने बताएको छ । यस्तै, लत्ता कपडा तथा जुत्ता–चप्पलमा विशेष अफर र छुट दिइएको छ, जसले विशेषगरी चाडपर्वको समयमा ग्राहकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।
मार्टले ग्राहकलाई सहज, सफा र व्यवस्थित किनमेल वातावरण प्रदान गर्ने जनाएको छ । व्यवस्थापन पक्षका अनुसार ग्राहकले एउटै स्थानमा आवश्यक सबै सामान किन्न पाउने सुविधा मार्फत समय, पैसा र मेहेनत तीनैको बचत हुनेछ।
एक वर्षअघिदेखि सञ्चालनमा आएको मार्टले स्थानीय स्तरमा रोजगारीको अवसर समेत सिर्जना गरेको छ। मार्टमा कार्यरत कर्मचारीहरूलाई ग्राहक सेवा, बिक्री व्यवस्थापन र सामग्री वर्गीकरण लगायतका आवश्यक तालिम दिइएको छ।
मार्टका एक सञ्चालकका अनुसार उपभोक्ताको आवश्यकता र सन्तुष्टिलाई मार्टले पहिलो प्राथमिकतामा रराखेको छ । ‘एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट’ बिर्तामोडको मुख्य व्यापारिक केन्द्र मुक्ति चोक पश्चिम–उत्तर, विशाल बजारको छेउमै अवस्थित छ। पार्किङको सुविधा, खुला ठाउँ र सफा वातावरणले किनमेललाई अझ सहज बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here