चारपाने ।

ऊँ दशनामी समाजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको अर्जुनधारा–५ को समाजको आज (शुक्रवार) बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष तेजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापाका अध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष केदार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत समाजका उपाध्यक्ष बालकृष्ण गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह–सचिव राजु गिरीले सञ्चालन गरेका थिए । झापाको अर्जुनधारा ४, ५, बिर्तामोड–२ र कनकाई–८ का दशनामी बन्धुहरुको सहभागीता रहेको समाजमा हाल एक सय एक जना सदस्य रहेका छन् ।
जसका १८ जना आजीवन सदस्य, एक जना मानार्थ सदस्य र अन्य साधारण सदस्य रहेको अध्यक्ष तेजकुमारी गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले पितृ अक्षयकोष, दशकर्म सहयोग, विरामी भेटघाटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गिरीको प्रतिवेदनमा उल्लेख छ ।
हाल संस्थाले पितृ अक्षयकोष बृद्धि कार्यक्रम, सदस्यता विस्तार कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, दशकर्म सहयोग, स्वास्थ्य तथा योगा शिविर सञ्चालन, जेष्ठ सदस्यलाई सम्मान, अवालोकन भ्रमण, उपचार सहयोग, दैवी प्रकोप सहयोग, भण्डारा कार्यक्रमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको समाजका सचिव कुलबहादुर गिरीको प्रतिवेदनमा उल्लेख छ ।
सोही कार्यक्रमकाबिच दशनामी संस्थाका पूर्व अध्यक्ष खड्ग पुरी, प्रमुख अतिथि केदार गिरी र शब्दपत्र डटकमका सम्पादक तथा प्रवन्ध निर्देशक पत्रकार उद्धव पुरीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केदार गिरी, अर्जुनधारा–५ का निवर्तमान वडाध्यक्ष ध्यानबहादुर भारती, मानबहादुर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजका कोषध्यक्ष रामु गिरीसहित अन्य पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।































