अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीस्थित अर्जुनधारा–२ नं. वडा खेलमैदानको स्तरोन्नती गरिने भएको छ ।
स्थानीय सचेत युवा समूहको आयोजनामा गत असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको एसवाईएस प्रथम खुला क्लबस्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८२को आय–व्यय प्रतिवेदन सार्वजनिक भेलामा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”ले सो घोषणा गरेका हुन् ।
त्यसैगरी पहिलोपटक आयोजना गरिएको फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा उत्साहित देखिएका आयोजक समूहका पदाधिकारी तथा सदस्यहरुले प्रतियोगिता निरन्तरताको लागि अक्षयकोष स्थापना गर्ने बताएका छन् । “खेलमैदानको संरक्षणसँगै स्तरोन्नती र अक्षयकोष स्थापनाका लागि सबैसँग आवश्यक समन्वय र पहल गर्छौं ।”–अध्यक्ष साँवाले स्पष्ट पारे ।
समूहका अध्यक्ष साँवाको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका सचिव शिव भट्टराईले प्रतियोगिताको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी चार लाख ९२ हजार तीन सय नौ रुपैयाँ, जम्मा खर्च चार लाख १४ हजार चार सय ८५ रुपैयाँ र जम्मा बचत ७७ हजार आठ सय २४ रुपैयाँ उल्लेख गरिएको छ ।





























