विद्यालय जाने नाबालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

0
32

झापा।

झापाको भद्रपुरमा विद्यालय जाँदै गरेकी नाबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ निवासी ४० वर्षीय मंगल टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।

टुडुले तीन दिनअघि बिहान करिब १० बजे विद्यालय जाने क्रममा १४ वर्षीया छात्रालाई बाटोमा रोकेर जिस्क्याउने तथा कट्टु खेलेर (अश्लील हर्कत) देखाएका थिए ।

घटनापछि पीडित नाबालिकाकी आमाले कानुनी कारबाहीको माग गर्दै प्रहरी समक्ष जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै टुडुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि विद्यालय जाने विद्यार्थीलाई लक्षित गरी यस्तै किसिमका गतिविधि गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका टुडुलाई आज जिल्ला अदालत झापामा पेश गरी अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत करणी कसूरअन्तर्गतको बाल यौन दुव्र्यवहार सम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here