पौड्याल वंशोद्वार झापाद्वारा पत्रकार दीपेन्द्र पौडेल सम्मानित

0
36

झापा । पौड्याल वंशोद्वार जिल्ला कार्य समिति झापाको चौथो अधिवेशनको अवसरमा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका पत्रकार दीपेन्द्र पौडेललाई सम्मान गरिएको छ।

हिजो बिर्तामोड–२ स्थित चारपाने सामुदायिक भवनमा सम्पन्न अधिवेशनमा पत्रकार पौडेललाई कलम र आवाजमार्फत समाज, संस्कृति र पहिचान संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरूप दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि लोकनाथ पौड्यालले सम्मान प्रदान गरेका थिए।

सोही अधिवेशनमा कमल पौड्याललाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। उपाध्यक्षमा श्यामकुमार पौड्याल, सचिवमा तुलसा पौड्याल, सह–सचिवमा युवराज पौड्याल, र कोषाध्यक्षमा कृष्ण पौड्याल चयन भएका छन्। झापाका १५ वटै स्थानीय तहबाट एक–एक जना संयोजक पनि चयन गरिएको छ।

अधिवेशनको क्रममा विभिन्न क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो। दमक–९ हरिनगरका ध्रुवलाल पौड्याल, बिर्तामोडका ध्रुबलाल पौड्याल, रमादेवी पौड्याल, पुन्यकुमारी पौड्याल लगायतलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको कार्यक्रम अध्यक्ष कमल पौड्यालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here