पत्रकार सिग्देलको ‘जीवनको गति’ वजारमा

0
477

बिर्तामोडभदौ १८ । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् ।
पत्रकारिता गरेको २० बर्षको अवधिमा देखे, भाोगेका कतिपय घटनाहरु सिग्देलले पुस्तकमा समावेश छन् । पुस्तकमा २००७ सालको क्रान्तिपछि ०६२÷६३ सालसम्मको आन्दोलनका कुरालाई सिग्देलले पुस्तकमा अटाएका छन् ।
विमोचन कार्यक्रममा सिग्देलले आफूले देखेका र भोगेका कुरा पुस्तकमा उतारेको बताए ।
पत्रकार मोहन काजी न्यौपानेले पुस्तक अनुभूति साट्दै पुस्तकमा झापाका सबै तह र तप्कालाई सिग्देलले समेटेको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि साहित्यकार ओलीले जनताले पत्रकारलाई कसरी हेरेका हुन्छन् भन्ने कुरा सिग्देलले सान्दर्भिक ढङ्गले लेखेको धारणा राखे । ‘सबैतिरबाट हेर्दाखेरी यो किताब पढ्न लायक छ,’ ओलीले भने, ‘पुस्तकमा केही कमजोरी पनि छन्, कतिपय सन्दर्भ र घटनाको स्रोत नखुल्नु पुस्तकको कमजोरी हो ।’
प्रमुख अतिथी साहित्यकार यज्ञराज प्रसाईले कतिपय पत्रकारले पत्रकारिता पेशाको बदनाम गरिरहेको समयमा सिग्देलले पत्रकारितालाई उदाहरणका रुपमा पुस्तकमा समावेश गरेको आफूले पाएको बताए । उनले चेतनशिल, अलि बढी जानकार, सचेत, समाजमा जिम्मेवार ब्यक्ति पत्रकार हुने धारणा राख्दै पत्रकार र साहित्यकारहरुले समाजलाई एउटा सकारात्मक दृष्टिकोण दिन सक्नु पर्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here